७ कार्तिक, नेपालगञ्ज ।
नेपालगन्जको अगैया क्षेत्रका किसानले सामूहिकरूपमा सुरु गरिएको व्यावसायिक तरकारीखेतीका लागि सिँचाइको व्यवस्था मिलाएका छन् ।

सेभ द चिल्ड्रेनको सहयोगमा बाँके युनेस्को क्लबले चार लाख ५५ हजारको लागतमा १० हजार लिटर क्षमताको ट्याङ्की निर्माण गरेपछि तरकारीखेतीमा संलग्न कृषक खुसी भएका छन् ।

सिँचाइ ट्याङ्की निर्माणका लागि कञ्चनापुर गाविसबाट रु २० हजार र श्रमदानबापत रु एक लाख ४८ हजार व्यहोरिएकोे जनाइएको छ ।

16.12¡ÆC