काठमाडौं,भदौं १० । एएफसी कप फुटबलको प्लेअपमा छनौट भएको नेपालको राष्ट्रिय लिग च्याम्पियन थ्रीस्टारको टोली स्वदेश फर्किएको छ । मंगोलियाको उलानबटारमा सम्पन्न एएफसी कप फुटबलको प्लेअप छनौट प्रतियोगिता खेल्न गएको टोली १० दिनको बसाई पछि शुक्रवार मध्यान्न काठमाडौं आईप्गेको हो , टोलीलाई त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल भब्य स्वागत गरिएको छ ।

टोलीलाई स्वागत गर्न अखिल नेपाल फुटबल संघ एन्फाका महासचिव धिरेन्द्र प्रधान , उपाध्यक्ष कर्मा छिरीङ शेर्पा , एन्फाका पुर्व उपाध्यक्ष तथा मनाङ मस्र्याङ्दी क्लबका पुर्व अध्यक्ष कर्मा छिरीङ शेर्पा लगायतले टोलीको स्वागत गरेका थिए । एफसी कप फुटबलको प्ले अफ छनोट अन्तर्गत समूहको अन्तिम खेलमा बिहीबार मंगोलियाको एर्चिम फुटबल क्लबले कम्बोडियाको नागाबल्र्डलाई १–० ले पराजित गरेपछि थ्रि-स्टार प्ले अफमा छनोट भएको थियो । थ्री-स्टार रहेको समूहबाट कम्बोडियाको नागाबल्र्ड र मंगोलियाको एर्चिमबीचको नतिजाले मात्र ‘समूह बी’ बाट अर्को चरणमा पुग्ने टोलीको निक्र्यौल गर्ने थियो । यस्तोमा, बिहीबार मंगोलियन फुटबल फेडेरेसनको कृत्रिम मैदानमा नागाबल्र्डलाई एर्चिमले पराजित गरेपछि थ्रि-स्टारको प्ले अफमा छनोट पक्का भएको थियो ।

प्ले अफ छनौटको समूह बिमा थ्रि-स्टारले २ खेलबाट ४ अंक जोड्दै शीर्ष स्थानमा रहँदै प्ले अफमा छनोट भएको हो । यस समूहमा तालिकाको दोस्रो स्थानमा रहेको एर्चिमले २ अंक जोड्यो भने नागाबल्र्डले १ अंक जोड्यो । दुवै टोली प्ले अफ छनौटबाटै बाहिरिएका थिए ।

ललितपुरको रैथाने क्लब थ्रि-स्टार नेपालको राष्ट्रिय लिग विजेता भएपछि एएफसी कपको प्लेअफ छनोट खेल्न गएको थियो । अब थ्रि-स्टारले प्लेअफ खेल अन्तर्गतको खेल आगामी जनवरी २४ देखि ३१ तारिखमा खेल्नेछ । जसमा आठ टोलीको सहभागिता रहनेछ तर खेल स्थान र प्रतिद्वन्द्वी भने तय भएको छैन ।

प्ले अफखेलको खेल स्थान र प्रतिद्वन्द्वी यहीँ ३० तारिखमा मलेसियामा हुने एएफसी कप खेल्ने क्लबहरूको बैठकले तय गर्नेछ । पहिले प्रेसिडेन्ट कपको रुपमा रहेको यस एएफसी कप नयाँ फर्म्याटमा गएको कारण प्ले अफ खेल्ने प्रतिद्वन्दी र खेल स्थानबारे ३० तारिखको बैठकले तय गर्ने भएको हो ।

20.12¡ÆC