
काठमाडौँ । चीनसँगको उत्तरी व्यापारिक नाका तातोपानी भोलिदेखि कात्तिक ३ गतेसम्म तीन दिनका लागि खुल्ने भएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आज प्रेस नोट निकाल्दै नाका सञ्चालन हुने जनाएको छ । मन्त्रालयका अनुसार नाका खुलेको समयमा मालवाहक गाडीलाई मात्र आवतजावतको अनुमति दिइएको छ ।
त्यसैले व्यापारिक प्रयोजनका सामान ढुवानी गर्ने गाडीले मात्रै यो नाका प्रयोग गर्न पाउनेछन् । यात्रुवाहक गाडी तथा सर्वसाधारणको आवतजावतबारे सूचनामा उल्लेख छैन ।
नेपाल र चीनबीचको व्यापारका लागि महत्वपूर्ण मानिने तातोपानी नाका सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाको नेपाल–चीन सीमामा पर्दछ । यो नाका हुँदै चीनबाट नेपालमा विभिन्न औद्योगिक कच्चा पदार्थ, निर्माण सामग्री, लत्ताकपडा, विद्युतीय उपकरण तथा उपभोग्य वस्तु आयात हुने गर्छन् ।
नाका तीन दिनका लागि खुल्ने भएपछि सीमापार व्यापार तथा सामान ढुवानीमा संलग्न व्यवसायीलाई केही सहज हुने अपेक्षा गरिएको छ । तातोपानी नाका लामो समयदेखि पूर्ण रूपमा सञ्चालनमा आउन नसक्दा चीनसँगको व्यापार प्रभावित भएको छ ।
24¡ÆC