नुवाकोटमा खाना पकाउने एलपी ग्याँसको अभाव छैन

साउन २६, २०८३ मा प्रकाशित | 75 views

नुवाकोटमा खाना पकाउने एलपी ग्याँसको अभाव छैन

नुवाकोट । नुवाकोटमा खाना पकाउने एलपी ग्याँसको अभाव नभएको पाइएको छ । जिल्लामा ग्याँसको आपूर्ति एवम् विक्रीको अबस्था बुझ्न सोमबार जिल्ला अनुगमन समितिको सयुक्त टोलीले गरेको मुख्य–मुख्य बजार क्षेत्रको अनुगमन र प्राप्त तथ्याङ्क अनुसार एलपी ग्याँसको अभाव नभएको पाइएको हो ।

अनुगमन टोलीले ग्याँस डिपो र सप्लायर्सहरुको विगतका महिनाको कारोबारको तुलनामा यो साउन महिनामा थप धेरै ग्याँस जिल्ला भित्र्याएको र सोही अनुसार उपभोक्तालाई उपलब्ध गराएको तथ्याङ्कको आधारमा ग्याँसको अभाव नभएको पाइएको उद्योग, बाणिज्य, पर्यटन तथा यातायात कार्यालयका प्रमुख तथा अनुगमन टोलीको संयोजक सिताराम घिमिरेले जानकारी दिनुभयो ।

उहाँको अनुसार उपभोक्ताबाट ग्याँसको नपाएको गुनासो प्राप्त नभएको, विक्री केन्द्रहरुले उपभोक्ताका माग अनुसार क्रमशः उपलब्ध गराउदै आएको र कुनै उपभोक्ताले पालो पर्खनु परेको विवरण प्राप्त नभएकाले जिल्लामा ग्याँसको अभाव नभएको निष्कर्ष निकालिएको हो ।

“यहाँका उपभोक्ताले संघीय राजधानी काठमाडौमा बस्ने आफन्तलाई उता ग्याँस पठाउने गरेको जानकारी विक्री केन्द्रहरुबाट पाएका छौ ।” अनुगमन टोलीको संयोजक घिमिरेले भन्नुभयो “देशका विभिन्न स्थानमा ग्याँस अभावको हल्लाले उपभोक्ताले एकैपटक आफूसंग भएका सिलिण्डरमा ग्याँस मौजाद राख्न चाहेकाले होला बजारमा माग प्रशस्त भएपनि नपाएको गुनासो छैन । यसलाई अभाव भन्न मिल्दैन ।”

नुवाकोटमा करीब एर्जन सप्लायर्सले ग्याँसको कारोबार गर्ने गरेका छन् । ती सप्लायर्सले विभिन्न डिपो मार्फत नुवाकोट सहित रसुवा र धादिङमा समेत ग्याँस विक्री गर्दै आइरहेका छन् ।

अधिकांश सप्लायर्समा खाना पकाउने ग्याँसको नियमित आपूर्ति भइरहेको छ भने आकस्मिक प्रयोगको लागी मौजाद समेत राखेकाले उपभोक्तालाई आवश्यक भन्दा धेरै ग्याँस मौजाद नगर्न अनुरोध गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक वीरबहादुर बुढाऐयरले जानकारी दिनुभयो ।

उपभोक्ताले आवश्यकता भन्दाबढी मौजाद राख्नाले बजारमा ग्याँसको कृत्रिम अभाव उत्पन्न हुने र असुरक्षित भण्डारणबाट दुर्घटनाको जोखिम समेत निम्तन सक्ने भएकाले आवश्यक भन्दा धेरै ग्याँस सिलिण्डर मौजाद नराख्न प्रहरीले अनुरोध गरेको छ ।
–रामहरि न्यौपाने

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web