एलपी ग्यासको बिक्री तथा मौज्दात अवस्थाको अनुगमन

साउन २५, २०८३ मा प्रकाशित | 75 views

एलपी ग्यासको बिक्री तथा मौज्दात अवस्थाको अनुगमन

नुवाकोट । नुवाकोटमा खाना पकाउने एलपी ग्यासको बिक्री तथा मौज्दात अवस्थाबारे सोमबार बजार अनुगमन गरिएको छ।

उद्योग, वाणिज्य, पर्यटन तथा यातायात कार्यालय नुवाकोटको अगुवाइमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र पत्रकारसहितको संयुक्त टोलीले जिल्लाका मुख्य बजार क्षेत्रमा रहेका ग्यास डिपो तथा सप्लायर्सको अनुगमन गरेको हो।

अनुगमनका क्रममा मागअनुसार पर्याप्त ग्यास नआए पनि विगतका महिनाको तुलनामा नुवाकोटमा ग्यासको आपूर्ति बढेको पाइएको छ।

ग्यासको आपूर्ति तथा बिक्री अवस्था पारदर्शी रहेको र कालोबजारी, कृत्रिम अभाव तथा बढी मूल्य लिएको जस्ता कैफियत नभेटिएको अनुगमन टोलीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web