काँग्रेस नेता देउवाको स्वागतको तयारीमा नुवाकोट काग्रेस

नुवाकोट । नेपाली काँग्रेसका नेता शेरबहादुर देउवा विदेशबाट नेपाल आउन लागेसगैँ उहाँको स्वागतको लागी नुवाकोट नेपाली काँग्रेसले पनि आवश्यक तयारी गरेको छ ।

‘श्रदेय नेता शेरबहादुर देउवाको स्वागत तथा साउन २९ गते हुन लागेको नेपाली काँग्रेस बहृत्त राष्ट्रिय भेला’को सम्बन्धमा आज नुवाकोटको विदुरमा छलफल तथा अन्तरक्रिया गरिएको हो ।

कार्यक्रममा सहभागी भएका पाटीका नेताहरुले नेपाली काँग्रेस पाटीको बैधानिकताको कानूनी प्रश्न, विशेष महाधिवेशनको बाहनामा पाटीमा रहेका नेताहरुको प्रवृत्ति तथा आसन्न पन्ध्रौँ महाधिवेशनको सन्दर्भमा बृहत्त छलफल गर्दै पार्टीलाई एकताबद्ध र एकढिक्का बनाएर लैजानु नै अहिलेको आवश्यकता रहेको बताउनुभयो ।

कार्यक्रममा नेपाली काँग्रेस नुवाकोटका पूर्वसभापति ध्रुव अधिकारीले पाटीको केन्द्रीय सभापतिको रुपमा शेरबहादुर देउवा नै आधिकारिक रहेको र उहाँले नै सबैलाई मिलाएर लैजान सक्ने क्षमता राख्ने बताउनुभयो ।

अहिले पाटीको विवाद निरुपणको लागी सर्वोच्वबाट पुनरालोकन हुनु पाटीको बिधान अनुरुप सम्मानजनक निर्णयको प्रक्रियामा प्रवेश गरेको उहाँले बताउनुभयो । पाटी सञ्चालनको लागी व्यक्तिवादी सोच र प्रवृत्तिको अन्त्य हुदै बिधान अनुरुप निर्वाचित कार्यसमितिको निर्णय अनुसार चल्नुपर्ने धारणा पूर्वसभापति अधिकारीले राख्नुभयो ।

यस्तै, छलफलमा नेपाली काँग्रेसका जिल्ला सचिव श्रीराम श्रेष्ठले लोकतन्त्रको रक्षा अदालतको फैसलाले मात्र नगर्ने उल्लेख गर्नुभयो । राजनीतिक उदारता, सङ्ख्यागत निष्ठा, आपसी विश्वास र राष्ट्रिय जिम्मेवारीको भावना अनुरुप अदालतले पाटीको बैधानिकतामा अन्तिम निर्णय दिनुपर्ने जिल्ला सचिव श्रेष्ठको भनाई छ ।

विशेष महाधिवेशन र यसबाट भएका निर्णय प्रति अहिले अदालतले गर्न लागेको पुनरालोकनले पाटीको कानूनी विवादको निरुपण मात्र नभई पाटी सञ्चालनको बैधानिकताको सन्दर्भमा ठूलो अर्थ सहितको निर्णयको प्रतिक्षामा आफूहरु रहेको उहाँले बताउनभयो ।

अदालतबाट अब हुने फैसलाले काँग्रेसलाई आफ्नो ईतिहास सम्झन, सिद्धान्तको पुर्नस्थापना गर्न र आफ्ना सँस्थापक नेताहरुले देखाएको सहमति तथा मेलमिलापको बाटोमा फर्कने अवसरको रुपमा लिन सकिने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

नेपाली काँग्रेसका नेता शेरबहादुर देउवा विदेशबाट नेपाल आउन लागेको अवसरमा उहाँको स्वागत सहित साउन २९ मा काठमाडौमा हुने कार्यक्रममा सहभागिताको लागी जाने तयारी सहितका सम्बन्धमा आयेजित छलफल तथा अन्तरक्रियामा नेपाली काँग्रेसका पूर्वसभापति अधिकारी, जिल्ला सचिव श्रेष्ठ सहित नेताहरु बासु सापकोटा, २ नं क्षेत्रीय सचिव ध्रुव ढकाल, क्षेत्र न २ प्रदेश ख का पाटी सभापति गणेशमान तामाङ, क्षेत्र नं २ प्रदेस क का सचिव अच्युत रिजाल, महाधिवेशन प्रतिनिधि सुनमाया तामाङ लगायतको सहभागिता रहेको थियो ।

 

TOP