‘सौन्दर्य ब्युटि एण्ड स्किन केयर’ : सिप सिकाईको उत्कृष्ट केन्द्र

चैत्र ३, २०८२ मा प्रकाशित | 330 views


बट्टार । नुवाकोट जिल्लामै पहिलो पटक अत्याधुनिक सुविधा सम्पन्न र आधुनिक डिजाईनमा सञ्चालनमा आएको ‘सौन्दर्य ब्युटि एण्ड स्किन केयर’ सिप सिक्न चाहने युवाहरुको लागी मुख्य गन्तव्यको रुपमा स्थापित हुदैँ गएको छ ।

स्थापनाको छोटो समयमा नै ब्युटि तथा स्किन केयर सम्बन्धी सेवा प्रवाहमा आकर्षक रहेको ‘सौन्दर्य’मा अहिले स्वदेशमा नै बसेर आफ्नै पेशा व्यावसाय गर्न चाहने देखि विदेशमा जानको लागी सिप सिकेर जानेहरुलाई प्रमुख रोजाईको रुपमा रहेको छ ।

विशेष गरेर कलेज पढ्दै गरेका युवतीहरु ‘ब्युटि एण्ड स्किन केयर’को प्रशिक्षण लिन रुची राख्नेको सङ्ख्या धेरै रहेको ‘सौन्दर्य ब्युटि एण्ड स्किन केयर’का सञ्चालक एंव प्रमुख प्रशिक्षक शोभा पोखरेलले जानकारी दिनुभयो ।

सञ्चालक एंव प्रमुख प्रशिक्षक शोभा पोखरेल ।
सञ्चालक एंव प्रमुख प्रशिक्षक शोभा पोखरेल ।

उहाँको अनुसार क्याम्पसमा अध्ययन संगसगैँ रोजगारीमा जोडिन चाहनेहरुले ब्युटि एण्ड स्किन केयर सम्बन्धि प्रशिक्षण लिने युवतीहरुको लागी ‘सौन्दर्य’ सहज र आकर्षण बन्दै गएको छ । यहाँ व्युटी सम्बन्धि तालिम उपलब्ध रहेको प्रमुख प्रशिक्षक शोभा पोखरेलले जानकारी दिनुभयो ।

उहाँ भन्नुहुन्छ “यो तालिम केन्द्र मात्र नभई सिक्ने र सिकेको सिपलाई व्यवहारमा उतार्ने केन्द्रको रुपमा रहेको छ । सिप सिक्छु भन्नेहरुको लागी तालिमको लागी निश्चित अवधि हुदैन भनेर सिकेको सिपलाई तत्कालै प्रयोगात्मक अभ्यास समेत गर्न पाइन्छ ।”

अहिलेका युवाहरुको लागी छिट्टै सिप सिकेर स्वदेशमा नै केही गर्ने तथा विदेशमा जादा सिप लिएर जानको लागी सहज हुने हुदाँ यसलाई अवसरको रुपमा लिनको लागी उहाँले आग्रह गर्नुभयो ।

‘सौन्दर्य ब्युटि एण्ड स्किन केयर’ ले अन्तर्राष्ट्रियस्तरका आधुनिक उपकरण, सुरक्षित प्रविधि र दक्ष जनशक्तिको प्रयोगमार्फत सिक्न आउनेलाई प्रशिक्षण सहित सेवा पनि प्रवाह गर्दै आइरहेको छ ।

बदलिँदो जीवनशैली, सौन्दर्यप्रतिको बढ्दो सचेतना र व्यावसायिक स्किन केयरको आवश्यकता महसुस गर्दै स्थानीय स्तरमै उच्चस्तरीय सेवा उपलब्ध गराउन सुरु गरेको ‘सौन्दर्य ब्युटि एण्ड स्किन केयर’मा दैनिक एकसय भन्दाबढीले सेवा लिदै आएका छन् ।

उक्त केन्द्रमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा दशजनाले रोजगारीको अवसर पाइरहेका छ । सेवाग्राहीको बढ्दो मागलाई ध्यानमा राखेर तालिम तथा प्रशिक्षण सञ्चालनमा ल्याएकाले उत्कृष्ट हुनेलाई यहीँ रोजगारको अवसर समेत उपलब्ध रहेको सञ्चालक सञ्चालक शोभा पोखरेलको भनाई छ ।

🙋‍♂️🙋‍♀️ तपाईं पनि ‘सौन्दर्य ब्युटी एण्ड स्किन केयर’ मा कुनै सेवा लिन तथा सिप सिक्न चाहनुहुन्छ भने अहिले नै सम्पर्क गर्न सक्नुहुन्छ 💄💇‍♀️
📞 सञ्चालक एवं प्रमुख प्रशिक्षक: शोभा पोखरेल
📱 सम्पर्क नम्बर: ९८४१–९०–३४–०९

🌸 सुन्दरता र सीप विकासको उत्कृष्ट अवसर — आजै सम्पर्क गर्नुहोस्  💅😊

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web