रु.१२० मै पिज्जा : त्रिशूलीको ओम ब्रेड एण्ड बेकरी क्याफेमा सहुलियत मूल्यमा उपलब्ध

फाल्गुन २६, २०८२ मा प्रकाशित | 860 views

रु.१२० मै पिज्जा : त्रिशूलीको ओम ब्रेड एण्ड बेकरी क्याफेमा सहुलियत मूल्यमा उपलब्ध

नुवाकोट। युवा उद्यमी शिव श्रेष्ठले नुवाकोटको त्रिशूली बजारमा सञ्चालनमा ल्याएको ओम ब्रेड एण्ड बेकरी क्याफेमा अब रु. १२० मै पिज्जा पाइने भएको छ।

नुवाकोट र रसुवाका उपभोक्तामाझ लोकप्रिय बन्दै गएको उक्त क्याफेले ग्राहकलाई सहुलियत मूल्यमा गुणस्तरीय सेवा प्रदान गर्ने लक्ष्यसहित व्यक्तिगत सेट अन्तर्गत सानो आकारको पिज्जा रु. १२० मै उपलब्ध गराउन थालेको हो।

फागुन २५ गते सोमबारदेखि सञ्चालनमा आएको क्याफेमा विभिन्न आकारका बर्थडे केक, बेकरी आइटम तथा क्याफे सेवा उपलब्ध रहेको सञ्चालक श्रेष्ठले जानकारी दिनुभयो।

उहाँका अनुसार यसअघि त्रिशूली बसपार्क परिसरमा सञ्चालनमा रहेको ओम ब्रेड एण्ड बेकरी क्याफेलाई थप व्यवस्थित र परिमार्जन गर्दै अहिले त्रिशूली बजारको केन्द्रबाट सेवा दिन थालिएको हो।

“क्रोइसन्ट, मफिन, ब्राउनी, पिज्जा, ब्रेड, विभिन्न साइज र स्वादका डोनट, पेस्ट्री तथा केकहरू आफ्नै उद्योगमा उत्पादन गरी उपलब्ध गराइएका छन्,” श्रेष्ठले भन्नुभयो, “स्वादमा गुणस्तर, शुल्कमा सहुलियत र सेवामा तीव्रता दिने हाम्रो लक्ष्य हो।”

पुरानो त्रिशूली बजारको बीचभागमा अवस्थित यस क्याफेबाट कलकल बगिरहेको त्रिशूली नदीको आकर्षक दृश्य अवलोकन गर्दै कफी तथा बेकरी परिकारको स्वाद लिन सकिने भएकाले उपभोक्ताका लागि यो स्थान त्रिशूली बजारको आकर्षक गन्तव्य बन्ने अपेक्षा गरिएको छ।

ओम ब्रेड एण्ड बेकरी क्याफे तथा यससँग सम्बन्धित उद्योगमार्फत १० जनालाई प्रत्यक्ष रोजगारी प्रदान गरिएको सञ्चालक श्रेष्ठले बताउनुभयो। हाल त्रिशूली बजारमा सञ्चालनमा रहेको क्याफेमा करिब रु. १५ लाख लगानी रहेको छ।

थप तस्बिर सामाग्रिहरुः

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web