पोखराबाट काठमाण्डौको लागि छुटेको बस धादिङमा दुर्घटना, १७ जनाको निधन

फाल्गुन ११, २०८२ मा प्रकाशित | 109 views


काठमाडौँ । पोखराबाट काठमाण्डौका लागि छुटेको बस धादिङको त्रिशूली नदी किनारमा खस्दा १७ जनाको ज्यान गएको छ । अरु २४ जना घाइते भएका छन् ।

ग २ ख १४२१ नम्बरको बस गएराति धादिङको बेनिघाटरोराङको चरौंदी नजिकै त्रिशूली नदी किनारमा खसेको हो ।

सुरक्षा निकाय र स्थानीयबासिन्दाको सक्रियतामा अहिले उद्धारको काम भैरहेको धादिङ प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web