धादिङमा बस दुर्घटनामा ज्यान गुमाएकामध्ये ९ जनाको सनाखत

फाल्गुन ११, २०८२ मा प्रकाशित | 289 views


काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ चरौँदी नजिकै गएराति भएको बस दुर्घटनामा ज्यान गुमाएका १९ मध्ये ९ जनाको सनाखत भएको छ ।

दुर्घटनामा ज्यान गुमाउनेहरूमा २४ वर्षीय बेलायती नागरिक स्टेवार्ट डोमिनिक इथन, कास्कीको पोखरा महानगरपालिका–३० का ४० वर्षीय विवेक बाँस्तोला, स्याङ्जाको वालिङ नगरपालिका–१४ का ६३ वर्षीय चन्द्रबहादुर कुँवर, तनहुँको व्यास नगरपालिका–४ का ४० वर्षीय ओमकुमार मल्ल, धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–४ का ३० वर्षीय इन्जिनियर ठकुरी, तनहुँको शुक्लागण्डकी गाउँपालिका–७ की ५५ वर्षीया विष्णुमाया ढकाल, काठमाण्डौ महानगरपालिका–६ बौद्धका ४२ वर्षीय लोप्साङ गोले, तनहुँको भीमाद नगरपालिका–६ का ४५ वर्षीय हरिप्रसाद सिग्देल र पाल्पा तानसेन नगरपालिका–२ का ५५ वर्षीय नविन्द्र श्रेष्ठ रहेका छन् ।

यस्तै दुर्घटनामा २५ जना घाइते भएका छन् । घाइतेमध्ये १४ जनाको काठमाण्डौको राष्ट्रिय ट्रमा सेन्टर, १० जनाको काठमाण्डौकै कलङ्कीमा रहेको नेशनल मेडिकल कलेज र एक जनाको धादिङको मलेखुमा रहेको टिचिङ अस्पतालमा उपचार भइरहेको धादिङका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले बताउनुभयो ।

पोखराबाट काठमाण्डौका लागि छुटेको ग २ ख १४२१ नम्बरको बस गएराति साढे १ बजेतिर त्रिशूली नदी किनारमा खसेको हो । बस पोखराबाट हिजो बेलुका ७ बजे छुटेको खुलेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web