दिनेश आचार्यले रास्वपा छाड्दै भन्नुभयोः ‘बाहिर जनतामा ठूलो आशा छ, तर भित्र हामी पलपल पश्चातापमा थियौ ।’

फाल्गुन १०, २०८२ मा प्रकाशित | 127 views


नुवाकोट । शालिन एंव अनुशासित व्यक्तित्वको छवी बनाई राष्ट्रिय स्वतन्त्र पाटी (रास्वपा)बाट सक्रिय राजनीतिमा जोडिनुभएका दिनेश आचार्यले पार्टीबाट अलग भएको घोषणा गर्नुभएको छ ।

रास्वपा अन्तरगत केन्द्रीय वित्त विभागको सदस्य, जिल्ला निर्वाचन परिचालन कमिटी सहित पार्टीको साधारण सदस्यता समेत नरहने गरेर पदबाट राजीनामा दिएको आचार्यले बताउनुभयो । उहाँले पाटीको महामन्त्रीलाई सम्बोधन गरेर बुझाएको ‘राजीनामा पत्र’ र दुई पृष्ठको विज्ञप्ती जारी गर्दै रास्वपामा आबद्ध भएर तीन वर्ष सक्रिय रुपमा लागेको र हाल आएर पाटीको भूमिका प्रभावकारी र जनअपेक्षा अनुसार नभएको भनी राजनीतिक नैराश्यता व्यक्त गर्दै पाटीबाट अलग भएको उल्लेख गरिएको छ ।

विदुर नगरपालिका–५ निवासी उहाँले ‘राजनीतिक यात्रामा विश्राम’ शिर्षकमा दुई पृष्ठको विज्ञप्ती जारी गर्दै आफूले पहिलो पटक सदस्यता लिएको रास्वपाको गतिविधि प्रति असहमति जनाउदै ‘पाटीले प्रष्ट विचारधारा ल्याउन नसकेको’ उल्लेख गर्दै अलग भएको घोषणा गर्नुभएको छ । उहाँले “आफू सहित इमान्दार तथा कर्तव्यनिष्ठ साथीहरु रास्वपामा जोडिएर विगत ३ वर्षदेखि पाटी संगठनको लागी जोशजागर र मिहिनेतको साथ काम गर्दै आएको” उल्लेख गर्दै “पार्टीभित्र बसेर काम गर्दा देखेको अनेकन प्रकरणले निराश छु । बाहिर जनताहरुमा ठूलो आशा र अपेक्षा छ, तर भित्रहामी पलपल पश्चातामा थियौ ।” भन्नुभएको छ ।

हेर्नुहोस उहाँले पाटी महामन्त्रीलाई बुझाउनुभएको राजीनामा पत्रः

शालिन व्यक्तिको रुपमा परिचित रहनुभएका आचार्य नुवाकोट रास्वपामा पहिलो हैसियतका नेताको छवी बनाउनुभएको थियो ।

आगामी फागुन २१ को चुनावमा उहाँ उम्मेदवारको प्रमुख दावेदारीको रुपमा हुनुहुन्थ्यो । तर, डा.अचुतम लामिछानेले टिकट ल्याएपछि चुनाव जित्नको लागी माघ १० मा जिल्ला संगठन विभागले टिकट पाउने उम्मेदवारहरु, अघिल्लो चुनावका उम्मेदवारहरु र प्रत्यासी उम्मेदवारको रुपमा आचार्यलाई “आसन्न निर्वाचनमा संगठनात्मक एकता, पूर्व उम्मेदवारहरुको सक्रियता र सम्भावित जोखिम सम्बन्धि रणनीतिक छलफल”को लागी गरिएको पत्राचारले उहाँलाई नुवाकोटमा रास्वपको प्रमुख तहको नेताको रुपमा उभ्याएको पाइन्थ्यो ।

पाटीको गतिविधि, रणनीति तथा दृष्टिकोण प्रष्ट नभएको लगायतका कारण नैराश्यता व्यक्त गर्दै पार्टी छाडेको घोषणा उहाँले गर्नुभएको छ । पार्टी छाड्ने बेलामा गालीगलौज गर्ने र अनेकन दोष लगाउने पक्षमा आफू नभएको पनि आचार्यले स्पष्ट पार्नुभएको छ ।

रास्वपासंगको तीन वर्षको आबद्धता त्याग गरेको घोषणा पश्चात उहाँले “आफू कुनै दल विशेषमा समावेश हुनु भन्दापनि आफू राजनीतिक बिनाको व्यक्तिगत जीवनमा आम जनतासंग घुलमिल हुन झनै सहज हुने” उल्लेख गर्दै स्वतन्त्र रुपमा रहन चाहेको संकेत दिनुभएको छ ।

आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनको लागी उम्मेदवार छनोटमा असन्तुष्ट जनाई नुवाकोट सहित देशभरबाट रास्वपा परित्याग गर्ने क्रम बढ्दो छ । यही क्रममा नुवाकोटमा पनि यसअघि जिल्ला सदस्य अशोक थापा, महाधिवेशन प्रतिनिधि कमला रावल (पाण्डे) लगायतले पाटी छाडिसकेको उल्लेख गरेका छन् । जिल्लाका प्रभावशाली नेताहरु पनि पाटी त्याग गर्ने तयारीमा रहेका प्रसङ्गहरु बाहिर आइरहका छन् ।

हेर्नुहोस् उहाँले जारी गरेको ‘राजीतिक यात्रामा विश्राम’ शिर्षकमा रहेको विज्ञप्तीः

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web