सूर्यगढीका कुमार तामाङलाई फेरि अन्तर्राष्ट्रिय सफलता : पुम्सेमा रजत पदक जित्दै नेपालको नाम उज्यालो

फाल्गुन ५, २०८२ मा प्रकाशित | 222 views

नुवाकोट । सूर्यगढी गाउँपालिकाका उज्ज्वल खेलाडी कुमार तामाङले दशरथ रङ्गशालामा जारी Mt. Everest Taekwondo Championship – 4th International Taekwondo Championship 2026 मा पुम्से विधातर्फ रजत (सिल्भर) पदक जित्दै अन्तर्राष्ट्रिय स्तरमा नेपालको शान बढाउनुभएको छ।

१६–२० फेब्रुअरी २०२६ सम्म सञ्चालन भइरहेको यस प्रतियोगितामा २४ देशका उत्कृष्ट खेलाडीहरूको सहभागिता रहेको छ। World Taekwondo को मापदण्डअनुसार आयोजना गरिएको यस विश्वस्तरीय प्रतिस्पर्धामा कुमारले अनुशासन, सन्तुलन, शारीरिक नियन्त्रण तथा कलात्मक चालको उत्कृष्ट प्रदर्शन गर्दै निर्णायक र दर्शकहरूको मन जित्न सफल हुनुभयो।

यसअघि पनि उहाँले मित्रराष्ट्र China मा सम्पन्न ANTA ग्रान्डस्ल्याम युथ लिग फाइनल प्रतियोगितामा भर्चुअल ग्यारोगी विधामा स्वर्ण पदक जित्दै नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाउनुभएको थियो।
यस उपलब्धिले उहाँको निरन्तर मेहनत, समर्पण र खेलप्रतिको दृढता झल्काउँछ।

अनुशासन, कठोर अभ्यास र दृढ इच्छाशक्तिको प्रतीकका रूपमा स्थापित कुमार तामाङका उपलब्धिहरू नेपाली तेक्वान्दो खेलाडीहरूका लागि प्रेरणादायी बनेका छन्।

यस रजत पदकसँगै उहाँले नेपालको तेक्वान्दो क्षेत्रमा आफ्नो योगदानलाई अन्तर्राष्ट्रिय मान्यता दिलाउनुभएको छ भने सूर्यगढी गाउँपालिकाको नाम समेत गर्वका साथ उचाल्नुभएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web