दुई दिन लगातार घटेको सुनको भाउ आज बढ्यो

माघ २०, २०८२ मा प्रकाशित | 13 views


काठमाडौँ । दुई दिन लगातार घटेको सुनको भाउ आज बढेको छ । आज सुन तोलामा ३ हजार ७ सय रुपैयाँले बढेर तोलाको २ लाख ९० हजार ३ सय रुपैयाँका कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि हिजो सुन तोलामा १३ हजार ४ सय रुपैयाँले घटेर तोलाको २ लाख ८६ हजार ६ सय रुपैयाँमा झरेको थियो । त्यस्तै अस्ति आइतवार सुन तोलामा १८ हजार ८ सय रुपैयाँले घटेको थियो ।

आज चाँदीको भाउ पनि बढेको छ । चाँदी आज तोलामा एक सय ३५ रुपैयाँ बढेर तोलाको ५ हजार ३ सय ३५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलामा ५ हजार २ सय रुपैयाँ रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web