
नुवाकोट । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य पदको उम्मेदवारको लागी नुवाकोटको दुई निर्वाचन क्षेत्रमा तीस जना उम्मेदवार कायम भएको छ । उम्मेदवारी फिर्ताको अवधिमा आज एकजना उम्मेदवारले नाम फिर्ता लिएसगैँ फागुन २१ मा हुने निर्वाचनको लागी तीस जना उम्मेदवार कायम भएको हो ।
नुवाकोटका मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यको अनुसार मनोनयन दर्ता गराएका मध्ये क्षेत्र नं २ मा प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार रजमान तामाङले नाम फिर्ता लिनुभयो ।
एक जनाको मनोनयन फिर्ता भएसगैँ निर्वाचन क्षेत्र नं २ मा बाह्र जना उम्मेदवार कायम रहेका छन् । यस्तै, क्षेत्र नं १ मा मनोनयन दर्ता गराएका अठार जनासबै उम्मेदवार कायम रहेका छन् ।
क्षेत्र नं १ मा उज्यालो नेपाल पाटीबाट अमित तामाङ, मंगोल नेशनल अर्गनाइजेशनबाट कुमार रानामगर, श्रम सँस्कृति पार्टीबाट दावा फेन्चु लामा, नेपाली काँग्रेसबाट डा.प्रकाशशरण महत, नेकपा (एमाले)बाट बद्री मैनाली, राष्ट्रिय प्रजातन्त्र पाटींबाट बिमल थापा, नेपाल कम्युनिष्ट पाटी (माओवादी)बाट महेन्द्र तामाङ उम्मेदवार रहेका छन् ।
यस्तै, नेपाल मजदुर किसान पार्टीबाट रबिन्द्र डंगोल, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट राजन गौतम, राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा.विक्रम तिमिल्सिना, मितेरी पाटी नेपालबाट विवेक सिलवाल, नेपाली कम्युनिष्ट पाटीबाट हितबहादुर तामाङ र जनता समाजवादी पार्टीबाट होमबहादुर राई फागुन २१ को निर्वाचनको लागी उम्मेदवार रहेको निर्वाचन अधिकृत भेषराज कोइरालाले जानकारी दिनुभयो ।
उहाँको अनुसार क्षेत्र नं १ बाट स्वतन्त्र उम्मेदवार दिनेमा पाच जना रहेका छन् । चेपे तामाङ, माधव थापा, राजु थापा, रामेश्वर भण्डारी र संजिव गुरुङले स्वतन्त्र उम्मेदवारी दिनुभएको हो ।
यस्तै, फागुन २१ को निर्वाचनका लागी नुवाकोटको क्षेत्र नं २ मा बाह्र जना उम्मेदवार कायम रहेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा.अचुतम लामिछाने, नेपाल कम्युनिष्ट पार्टी सयुक्तबाट किरण तिमसेना, नेकपा (एमाले)बाट केशवराज पाण्डे, नेपाली काँग्रेसबाट जगदिश्वरनरसिंह केसी र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट झनक प्याकुरेल उम्मेवार रहनुभएको छ ।
यस्तै, नेपाल कम्युनिष्ट पाटी (माओवादी)बाट नवराज ढुङ्गाना, आम जनता पार्टीबाट मानसिंह गदाइली, मंगोल नेशनल अर्गनाइजेशनबाट रेन्छन तामाङ, श्रम सँस्कृति पाटीबाट बिनोदकुमार तामाङ, नेपाल मजदुर किसान पार्टीबाट सुवास भट्ट, नेपाली कम्युनिष्ट पार्टीबाट हिरानाथ खतिवडा र उज्याले नेपाल पार्टीबाट ज्ञानेन्द्र घले उम्मेदवार रहेको मुख्य निर्वाचन अधिकृत आचार्यले जानकारी दिनुभयो ।
उहाँको अनुसार नुवाकोटका तीस जना उम्मेदवार मध्ये क्षेत्र नं १ का स्वतन्त्र उम्मेदवार चेपे तामाङ मात्र महिला उम्मेदवार हुनुहुन्छ । क्षेत्र नं १ मा मनोनयन दिएका अठार जना उम्मेदवार मध्ये पञ्चकन्या गाउँपालिकाबाट मात्रै छ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् ।
–रामहरि न्यौपाने
17.12C