एमाले नुवाकोट चुनावी तयारीमा जुट्यो, विभिन्न उपसमिति गठन, उम्मेदवारी दर्तामा जनलहर उतार्ने

पुस २१, २०८२ मा प्रकाशित
Published at पुस २१, २०८२

820 views

नुवाकोट । नेकपा एमाले नुवाकोटको सोमबार बसेको जिल्ला कमिटी बैठकले आसन्न निर्वाचनमा आफ्ना उम्मेदवारलाई अत्याधिक मत सहित बिजयी गराउने लक्ष्य सहित विभिन्न महत्वपूर्ण निर्णय गरेको छ ।

जिल्ला अध्यक्ष बद्री मैनालीको अध्यक्षता केन्द्रीय कमिटीका सदस्य केशवराज पाण्डेको प्रमुख आतिथ्यतामा नेकपा एमाले जिल्ला कमिटी नुवाकोटको छैठौ पूर्ण बैठक पार्टी कार्यालय बिदुरमा निर्वाचनको तयारीसंग केन्द्रित रहेका केही महत्वपूर्ण निर्णयहरु गरेको हो ।

नेकपा एमालेका जिल्ला सचिव शिवकुमार चित्रकारको अनुसार बैठकले एघारौँ केन्द्रीय महाधिवेशनमा नुवाकोटबाट केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएका केशवराज पाण्डे र बिन्दा ढुंगानालाई कार्यकाल सफलताको शुभकामना सहित बधाई दिएको छ ।

उहाँको अनुसार आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवारको लागि निर्वाचन क्षेत्र नम्बर १ बाट जिल्ला अध्यक्ष बद्री मैनाली र निर्वाचन निर्वाचन क्षेत्र नम्बर २ को लागि केन्द्रीय सदस्य केशवराज पाण्डेलाई क्षेत्रीय समन्वय कमिटीबाट सिफारिस भएकाले आज बसेको जिल्ला कमिटी बैठकले त्यसलाई अनुमोदन गर्दै आवश्यक राय सहित एमालेको प्रदेश कमिटीमा पठाउने निर्णय गरेको छ । दुवै क्षेत्रबाट एकल उम्मेदवारको रुपमा मैनाली र पाण्डे सिफारिस हुनुभएकाले क्षेत्रको निर्णयलाई जिल्ला कमिटीले पनि सर्वसम्मत अनुमोदन गरेको हो ।

बैठकले पार्टी र उम्मेदवारहरूको पक्षमा जनलहर सिर्जना गर्दै जनमत सङ्कलनको लागि केन्द्रीय सदस्य बिन्दा ढुङ्गानाको संयोजकत्वमा चार हजार एकसय ७७ सदस्य रहेको जिल्ला स्तरीय निर्वाचन परिचालन कमिटी गठन गर्ने निर्णय गरेको छ ।

यस्तै, निर्वाचनको समयमा आवश्यक खर्चको बन्दोबस्तीको लागी जिल्ला सचिव शिबकुमार चित्रकार संयोजक रहनुभएका आर्थिक परिचालन समिति गठन गरिएको छ । उक्त समितिको सदस्यहरुमा समरबहादुर आले मगर, सुशील खड्का, दिपक कार्की लगायत आर्थिक विभागका सदस्यहरू रहने उल्लेख गरिएको छ ।

यस्तै, निर्वाचनको समयमा आउन सक्ने राजनीतिक, कानुनी र प्रशासनिक कार्यहरूको समाधान गर्नका लागी पूर्वसांसद समेत रहनुभएका नारायणप्रसाद खतिवडा संयोजक रहेको समिति गठन गरिएको छ । उक्त समितिको सदस्यहरुमा ठाकुरप्रसाद गजेल, राजेन्द्र रमण खनाल, शिवकुमार चित्रकार र उषा किरण तिमिल्सिनालाई जिम्मेवारी दिइएको छ । यस्तै, आगामी माघ ६ गते तोकिएको उम्मेदवारहरूको उम्मेदवारी दर्ता गर्नको लागि व्यापक रूपमा जनपरिचालन गर्न र पार्टीको नीति तथा कार्यक्रमहरूलाई जनतासँग पुर्याउनलाई विभिन्न मितिमा पालिकास्तरमा राखेर तयारीमा लाग्न जिल्ला कमिटिले निर्देश गरेको छ ।

जिल्ला कमिटी बैठकको निर्णय अनुसार पौष २५ गते शिवपुरी गाउँपालिका कमिटी, सूर्यगढी गाउँपालिका कमिटी, तारकेश्वर गाउँपालिका कमिटीको बैठक बस्ने छ । पौष २७ गते लिखु गाउँपालिका कमिटी, पञ्चकन्या गाउँपालिका कमिटीको बैठक बस्नेछ भने २८ गते तादी गाउँपालिका कमिटी, किस्पाङ गाउँपालिका कमिटीको बैठक बसेर उम्मेदवारी दर्ताको क्रममा अधिकतम नेता, कार्यकर्ता, समर्थक एंव सुभेञ्छुकलाई सहभागी गराउन जोड दिने छ ।

यस्तै, पौष २९ गते ककनी गाउँपालिका कमिटी, म्यागङ गाउँपालिका कमिटीको बैठक बस्ने, ३० गते विदुर पालिका कमिटीको बैठक बस्ने, माघ २ गते बेलकोटगढी पालिका कमिटीको बैठक बस्नेछ भने माघ ३ गते दुप्चेश्वर गाउँ पालिका कमिटीको बैठक बसेर आवश्यक तयारी मिलाउन भनिएको छ ।

आगामी निर्वाचन सहित नेकपा एमालेको गतिविधि बाहिर ल्याउनको लागी संयोजक राजेन्द्र प्रकाश पाण्डे रहेको प्रचार प्रसार समिति गठन गरिएको छ । उक्त समितिको सदस्यहरुम राजेन्द्र गजुरेल र एमालेको भातृ संगठन प्रेस चौतारी जिल्ला कमिटीलाई राखिएको छ ।

यसैबीच, आज बसेको जिल्ला कमिटीको पूर्ण बैठकले नेकपा एमाले नुवाकोटको जिल्ला कमिटी सदस्यमा मनोनित भएका २१ जना सपथ गराइएको छ । जिल्ला कमिटीमा मनोनित हुने सदस्यहरु निम्न अनुसार रहेका छन् ।

१ ) शेषमान लामा
२) विकल्प पाठक
३) सीताराम थापा
४) रामकुमार प्याकुरेल
५) पशुपति लोहनी
६) एकराज घले
७) मनोज उप्रेती
८)रमेश वस्ती
९)विष्णु श्रेष्ठ
१०) भरत गजुरेल चुडामणि
११) शिवराम गौतम
१२)नानीकाजी खड्का
१३)सनी चित्रकार
१४) अनुजकुमार श्रेष्ठ
१५) नरेन्द्र तिमिल्सिना
१६) भोजराज पुरासैनी
१७) सोभियतराज पाठक
१८) शिवराम दाहाल
१९) मानबहादुर लामा
२०) राजेन्द्र गजुरेल
२१) उत्तम अधिकारी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

©2025 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web