
नुवाकोट । बुधसिंघाट कृषि सहकारी संस्था लिमिटेडको १४ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ।
नुवाकोटको बिदुर नगरपालिका वडा नं ३ मैरिटारमा सञ्चालित बुधसिंघाट कृषि सहकारी संस्था लिमिटेडको १४औँ बार्षिक साधारणसभा आइतबार सम्पन्न भएको छ ।
सहकारीका अध्यक्ष शरण राईले पेश गर्नुभएको वार्षिक प्रतिवेदन अनुसार सहकारीको आर्थिक बर्ष २०८०–८१ सम्म कुल पुजीँ ३९ लाख ८५ लाख ३२२ रुपैयाँ रहेकोमा हालै सम्पन्न भएको आर्थिक बर्ष २०८१–८२ सम्म आइपुग्दा त्यो रकम बृद्धि गर्दै ४८ लाख ४० हजार ९३८ रुपैयाँ पुराएको छ ।

सहकारीले अघिल्लो वर्षको तुलनामा ८ लाख ५५ हजार ६१६ रुपैयाँ वृद्धि गर्न सफल भएको संस्थाको कोषाध्यक्ष दीपक ठकुरीले जानकारी दिनुभयो । आर्थिक वर्ष ०८१–८२ को बार्षिक प्रतिबेदन सहितको आय–व्यय सहकारीका सचिव रामशरण वस्तिले प्रस्तुत गर्नुभएको थियो ।
समुदाय सहकारीको माध्यमबाट एक-अर्कामा समन्वय सहयोग मिलेर अगाडि बढ्दै आत्मनिर्भर दिगो बिकासमा टेवा पुग्ने प्रकारको कार्य गर्दै अगाडि बढ्ने लक्ष्य रहेको साधारसभाको अवसरमा सहकारी संस्थाका सदस्य उषा श्रेष्ठले बताउनुभएको छ ।

साधारणसभामा उत्कृष्ट बचतमा राममायाँ राई, ऋण कारोबारमा सुकुमायाँ राई, युवा उद्यमी सुरेन्द्र बहादुर राई ,समुदायमा शिक्षा क्षेत्रमा महत्त्वपूर्ण भुमिका निवाह गर्नुहुने अर्जुनप्रसाद अधिकारी र सहकारीले गरेको बृक्षारोपणको नियमित रुपमा हेरचाह एंव स्याहार सुसार गर्दै आउनुभएका गोपीनाथ वस्ती लगायतलाई कार्यक्रमका प्रमुख अतिथी,अतिथीबाट सम्मान गरिएको सुर्यबहादुर राईले जानकारी दिनुभयो ।

सहकारीको साधारणसभाको अवसरमा प्रमुख अतिथी एंव अतिथीको रुपमा बिदुर नगरपालिका वडा नं ३ को कार्यवाहक वडाध्यक्ष ईन्द्र प्रसाद अधिकारी, नगर कार्यपालिका सदस्य सावित्री राई, चण्डी आधारभुत बिद्यालयको प्रधानाध्यापक अर्जुनप्रसाद अधिकारी, राजनीतिक तथा सामाजिक व्यक्तित्व नारायण प्रसाद अधिकारी लगायतको सहभागिता रहेका थियो ।
विसं २०६८ मा स्थापित भएको सहकारीमा ६८ पुरुष ४५ महिला गरि ११३ जना बचत तथा शेयर सदस्यहरु रहेका छन् । सहकारीमा आबद्ध भएका शेयर सदस्यहरुको प्रती शेयर एक सदस्य ४८ हजार ७०० बराबर लगानी रहेको छ भने बचत सदस्य ८३ जना रहेका छन् । हालैमात्र ३० जना नयाँ थप बचत सदस्य थप भएको हो ।
बार्षिक साधारणसभाको गतिविधि तस्बिरमा :

13.41C