
नुवाकोट । तारकेश्वर गाउँपालिका अध्यक्ष शिव अधिकारी (अविरल)ले वडा नम्बर ५ का दुई युवा क्लबलाई खेलकुद सामग्री हस्तान्तरण गर्नुभएको छ ।
शुक्रबार गाउँपालिका कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष अधिकारीले गोर्स्याङ एकता युवा क्लब र कल्लेरी डाँडा युवा क्लबका प्रतिनिधिलाई गाउँपालिकाको तर्फबाट विभिन्न खेलकुद सामग्री हस्तान्तरण गर्नुभएको हो ।
गाउँपालिकाको युवा तथा खेलकुद विकास कार्यक्रम अन्तर्गत ‘खेलकुदको सारथी तारकेश्वर गाउँपालिका’ भन्ने नाराका साथ युवाहरूसँग सहकार्य गर्दै खेलकुद क्षेत्रको विकासमा योगदान पुर्याउने उद्देश्यले सामग्री प्रदान गरिएको अध्यक्ष अधिकारीले बताउनुभयो ।
उहाँले आफू अध्यक्ष हुनुअघि नै युवा साक्षात्कार, युवा जागरण तथा युवा सशक्तिकरणका अभियानहरू सञ्चालन गर्दै आएको उल्लेख गर्दै युवा क्लबहरूसँगको सहकार्यमा खेलकुद विकाससम्बन्धी अभियान निरन्तर अगाडि बढाइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा युवा क्लबका प्रतिनिधिहरूले गाउँपालिकाबाट प्राप्त सहयोगले स्थानीय युवाहरूलाई खेलकुद गतिविधिमा थप सक्रिय बनाउने विश्वास व्यक्त गरेका थिए ।
13.41C