क्रान्तिकारी कम्युनिष्ट पाटीले फागुन २१ को चुनाव बहिष्कार गर्ने

नुवाकोट । क्रान्तिकारी कम्युनिष्ट पाटी नेपाल, नुवाकोटले आगामी फागुन २१ मा हुने भनिएको चुनाव बहिष्कार गर्ने भएको छ । क्रान्तिकारी कम्युनिष्ट पाटी नुवाकोटले आज बट्टारमा पत्रकार सम्मेलन मार्फत अहिलेको अबस्थामा हुन लागेको चुनाव बहिष्कार गर्ने र जनतालाई पनि चुनाव बहिष्कारको लागी आब्हान गर्ने जनाएको हो ।

पत्रकार सम्मेलनमा क्रान्तिकारी कम्युनिष्ट पाटीका पोलिटव्युरो सदस्य एंव ८ नं प्रदेस इञ्चार्ज रमेश पौडेल (सरोज)ले अहिले देशमा निर्वाचन नभई बैज्ञानिक समाजवाद सहित जनपक्षीय संबिधानको आवश्यक परेको हुदाँ चुनाव जनताको पक्षमा नभएको बताउनुभयो ।

उहाँले भन्नुभयो “सामाज्यवाद, विस्तारवादले प्रायोजित संसदीय निर्वाचनलाई सशक्ति बहिष्कार गरी स्वाधिन सयुक्त सरकार निर्माणका लागी संघर्ष गर्नुनै एकमात्र बस्तुनिष्ठ विकल्प रहेको छ । आम जनताले जनआन्दोलन, जनयुद्ध र जेन्जी आन्दोलनमा पुराएको योगदान जस्तै जनवादी क्रान्तिको लागी पनि पुनः एक पटक योगदान गर्न आवश्यक रहेको उहाँको भनाई छ । फागुन २१ को चुनावलाई क्रान्तिकारी कम्युनिष्ट पाटीले बहिष्कार गर्ने फेरी कोही दलाललाई नेतृत्वमा पुराउनको लागी हुन चुनावमा जनतालाई पनि भाग नलिनको लागी अपिल गर्ने र सोही अनुसार चुनाव नहुने निश्चित रहेको उहाँले दाबी गर्नुभयो ।

क्रान्तिकारी कम्युनिष्ट पाटीको देशव्यापी कार्यक्रम अन्तरगत आज नुवाकोट सहित देशभर नै पत्रकार सम्मेलन मार्फत चुनाव बहिष्कार सहित जनवादी बैज्ञानिक समाजवाद स्थापना अहिलेको आवश्यकको पक्षमा जनतालाई जागरुक बनाउन लागेको जिल्ला सेक्रेटरी अजुर्नलाल श्रेष्ठ (प्रसिद्ध)ले जानकारी दिनुभयो ।

उहाँ मार्फत जारी गरेको प्रेस विज्ञप्तीमा “अहिलेको सरकार विदेशीको योजना अनुसार गठन र सञ्चालनमा रहेको छ । कठपुतली सरकारले पूर्ण रुपमा असफल भइसकेको संसदीय व्यवस्थानको चुनाव गराउन नसक्ने र जनताको साथ नहुने निश्चित रहेको उल्लेख छ । ”

प्रतिक्रिया

TOP