पत्रकार शक्तिमाया तामाङ सम्मानित

पुस २, २०८२ मा प्रकाशित | 751 views


नुवाकोट । पत्रकार शक्तिमाया तामाङ सम्मानित हुनुभएको छ । ग्रामसेवा माध्यमिक विद्यालयले एसएलसी एंवम् एसइई उतिर्ण गरेर विभिन्न क्षेत्रमा सकृय रहेका पुर्व विद्यार्थीलाई सम्मान गर्ने कार्यक्रममा बिबिसी नेपाली सेवामा कार्यरत एंव रेडियो चिम्टेश्वरका सञ्चालक  पत्रकार शक्तिमाया तामाङ सम्मानित हुनुभएको हो ।

विद्यालयको बार्षिकोत्सव कार्यक्रमको अवसरमा पत्रकार शक्तिमाया तामाङ सहित विद्यालयबाट अध्ययन गरी स्थापित व्यक्तित्व बनेका पूर्व विद्यार्थीहरूलाई सम्मान गरिएको हो ।

कार्यक्रममा पूर्व विद्यार्थीहरु हाल निजामती कर्मचारी ललित तामाङ, तेक्वान्दो प्रशिक्षक अनिलराज शाक्य, शिक्षण पेशामा रहेकाहरू उमेश खड्का, सुन्तली तामाङ, बीरमाया तामाङ, सन्जु तामाङ, उद्यम विकास सहजकर्ता सविता तामाङ, त्यस्तै सामाजिक र व्यावसायिक क्षेत्रमा सकृय रघुनाथ खड्का, निरञ्जन खड्का, रुडेक नेपालको कार्यक्रम संयोजक फुर्कु घले लगायत १७ जनालाई सम्मान गरिएको छ ।

विद्यालयको ६६ औँ वार्षिकोत्सवको अवसरमा आयोजित विशेष सम्मान कार्यक्रममा म्यगाङ गाउँपालिकाका अध्यक्ष आशा तामाङ र उपाध्यक्ष सीता तामाङको हातबाट दोसल्ला ओढाइ सम्मान पत्र प्रदान गर्दै पूर्व विद्यार्थीलाई सम्मान गरिएको हो। कार्यक्रममा पालिकास्तरीय जनप्रतिनिधि, शिक्षक, अभिभावक तथा समुदायका अग्रजहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो। यस सम्मानले विद्यालयप्रतिको गौरव अभिवृद्धि गर्नुका साथै हालका विद्यार्थीहरूलाई समेत प्रोत्साहन गर्ने विश्वास व्यक्त गरिएको गरिएको छ ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष आशा तामाङले शैक्षिक क्षेत्रलाई पालिकाको प्रमुख प्राथमिकता बनाएर काम गरिरहेको स्पष्ट पार्नुभयो। उहाँले पालिकाभित्र रहेका विद्यालयहरूको अवस्थाको समग्र मूल्यांकन गरी आवश्यकतानुसार बजेट विनियोजन गर्दै शैक्षिक पूर्वाधार र गुणस्तर सुधारमा निरन्तर लागिरहेको जानकारी दिनुभयो।

शिक्षा विना समृद्ध गाउँको कल्पना गर्न नसकिने बताउँदै उहाँले आगामी दिनमा अझ प्रभावकारी र परिणाममुखी शैक्षिक कार्यक्रमहरू सञ्चालन गरिने प्रतिबद्धता जनाउनुभयो।

गाउँपालिका उपाध्यक्ष सीता तामाङले सम्मान कार्यक्रमले पूर्व विद्यार्थीहरूलाई मात्रै होइन, हाल अध्ययनरत विद्यार्थीहरूलाई पनि थप प्रेरणा र हौसला पुग्ने बताउनुभयो। उहाँले विद्यालयले शिक्षा क्षेत्रमा देखाएको सकारात्मक प्रयासको प्रशंसा गर्दै यस्ता कार्यक्रमहरूले विद्यालय र समुदायबीचको सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुर्णपरि लामा (तामाङ)को अनुसार शैक्षिक सत्र २०५७ देखि २०८१ सम्मका विभिन्न क्षेत्रमा सकृय रहेका पुर्व विद्यार्थीहरूलाई सम्मान गर्ने कार्यक्रम अन्तरगत छुट भएकाहरुलाई आगामी कार्यक्रममा सम्मान गरिने योजना बनाइएको छ ।

कार्यक्रममा विद्यालयका प्रधानध्यापक सिंगमान तामाङले विद्यलयको वार्षिक एंव आर्थिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियोे । वार्षिकोत्सबमा म्यगङ गाउपालिका वडा नम्बर ५ का अध्यक्ष जिते तामाङ, वडा सदस्य बीर बाहादुर तामाङ, पूर्वप्रअ रामकुमार खड्का, शिक्षाप्रेमी राजकुमार थापा, विद्यालय व्यवस्थापन समिति सदस्य एंव पुर्व विद्यार्थी सुजन बज्राचार्य लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियोे ।
कार्यक्रममा कक्षा १ देखि १२ सम्मका प्रथम, दितिय र तृतीय विद्यार्थीहरूलाई पुरस्कार प्रदान गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web