
काठमाडौँ । नेकपा (एमाले) को ११औं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वर्तमान वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आ–आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको छ ।
काठमाण्डाैको भृकुटीमण्डपमा बन्दसत्र स्थलको केन्द्रीय निर्वाचन आयोगको कार्यालयमा दुवै जनाले समर्थकसहित पुगेर आज आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको हो । अध्यक्ष ओलीले साढे ३ बजे र वरिष्ठ उपाध्यक्ष पोखरेलले ३ बजेतिर अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराउनुभएको हो ।
महाधिवेशनमा विभिन्न पदाधिकारी र केन्द्रीय सदस्यका लागि उम्मेदवारी मनोनयन दर्ताको कार्य चालिरहेकाे छ । उम्मेदवारी मनोनयनको समय यसअघि साढे ३ बजेसम्म कायम गरिएकामा उम्मेदवारको लाइन कायम रहेकाले केही समय लम्बिने देखिएको छ । एमाले महाधिवशेनले ३०१ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने छ ।
14.12¡ÆC