११४ वटा दलले चुनावमा भाग लिने, १०७ वटा चुनाव चिह्न प्रदान

मंसिर २२, २०८२ मा प्रकाशित | 273 views


काठमाडौँ । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावमा १ सय १४ वटा दलले भाग लिने भएका छन् । निर्वाचन आयोगले ती दलहरुलाई चुनाव चिह्न प्रदान गरेको छ ।

१ सय २० वटा राजनीतिक दलले चुनावमा भाग लिन निवेदन दिएकामध्ये १ सय २ वटालाई एक्ला एक्लै र १२ वटालाई संयुक्त रूपमा प्रतिस्पर्धामा जाने गरी चुनाव चिह्न दिइएको आयोगले जनाएको छ ।

आयोगक अनुसार १२ वटा राजनीतिक दलले विभिन्न समूह बनाएर ५ वटा चुनाव चिह्न प्रयोग गरी चुनावमा भाग लिनेछन् । यस आधारमा कूल १ सय ७ वटा चुनाव चिह्न प्रदान गरिएको आयोगले जनाएको छ ।

चुनावका लागि १ सय २० निवेदन परेकोमा १३ वटा खारेज भएको छ । आयोगले प्रदान गरेका चुनाव चिह्नहरुमा पहिलो नम्बरमा सूर्य, दोस्रोमा रुख, तेस्रोमा तारा, चौथोमा घण्टी चुनाव चिह्न रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web