
काठमाडौँ । नेपाली कांग्रेस मधेश प्रदेश संसदीय दलका नेता कृष्ण यादवले आज प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णसमक्ष मुख्यमन्त्रीका लागि दाबी पेश गर्नुभएको छ । उहाँले ७७ जना सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीका लागि दाबी पेश गर्नुभएको हो ।
यसअघि मधेश प्रदेशमा ६ दलीय गठबन्धनले कांग्रेसलाई मुख्यमन्त्री दिने गरी सहमति गरेको थियो । आज दिउँसो बसेको ६ दलका नेताहरूको बैठकमा कांग्रेसलाई मुख्यमन्त्री दिने सहमति भएकाे हाे ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले मुख्यमन्त्रीमा दाबी छोडेपछि कांग्रेसका यादवको नाममा सहमति जुटेको हो । सात दलमा कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) नेपाल, लोसपा, जनमत पार्टी रहेका छन् ।
यसअघि सरोजकुमार यादवले विश्वासको मत पाउने नदेखिएपछि मुख्यमन्त्रीबाट राजीनामा दिनुभएको थियो ।
22.12¡ÆC