चुनावको तयारीबारे छलफल गर्न प्रधानमन्त्रीबाट सर्वपक्षीय बैठक आह्वान

मंसिर १८, २०८२ मा प्रकाशित | 255 views


काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आसन्न चुनावबारे छलफलका लागि सर्वपक्षीय बैठक आह्वान गर्नुभएको छ । प्रधानमन्त्री कार्कीको सचिवालयका अनुसार बैठक भोलि दिउँसो ४ बजे प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बस्नेछ ।

बैठकमा प्रमुख पाँच राजनीतिक दल, निर्वाचन आयोगका आयुक्तहरू र सुरक्षा निकायका प्रमुखलाई डाकेको सचिवालयले जनाएको छ । आउँदो फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा चुनाव र त्यस अघि माघ ११ गते राष्ट्रिय सभाको चुनाव तोकिएको छ । राजनीतिक दलहरुले चुनावको लागि सुरक्षाको वातावरण हुनुपर्ने बताउँदै आएका छन् ।

यस अघि राजनीतिक दलहरूसँग छलफल गर्नुभएकी प्रधानमन्त्री कार्कीले भोलि भने राजनीतिक दलका नेताहरू, निर्वाचन आयोगका आयुक्तहरू र सुरक्षा निकायहरुसँग संयुक्त छलफल गर्न लाग्नुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web