
काठमाडौँ । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले पदबाट राजीनामा घोषणा गर्नुभएको छ । विश्वासको मत लिनका लागि बसेको प्रदेशसभा बैठकमा आफ्नो धारणा राख्दै मुख्यमन्त्री यादवले राजीनामा घोेषणा गर्नुभएको हो ।
२४ घन्टाभित्र विश्वासको मत लिन सर्वोच्च अदालतले दिएको परमादेशपछि मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने तयारी थियो । तर विश्वासको मत पाउने अवस्था नदेखेपछि उहाँले राजीनामा घोषणा गर्नुभएको हो ।
एमाले मधेश प्रदेश संसदीय दलका नेता यादवले गएकाे कात्तिक २४ को बिहान महोत्तरीको बर्दिबासमा रहेको एक होटलमा शपथ लिनुभएको थियो । यादवलाई प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८ को ३ अनुसार मुख्यमन्त्री नियुक्त गरेपछि ७ दलका सांसदहरू सर्वोच्च अदालत गएका थिए ।
अस्ति सोमवार सर्वोच्च अदालतले २४ घन्टाभित्र विश्वासको मत लिन परमादेश दिएको थियो । १०७ सदस्यीय प्रदेशसभामा सरकारलाई बहुमतका लागि ५४ मत चाहिन्छ । सबैभन्दा ठूलो दल एमालेसँग सभामुखसहित २५ सांसद मात्रै छन् । जसमा एक सांसद निलम्बित छन् । १–१ सिट रहेका नेपाल सङ्घीय समाजवादी पार्टी र राप्रपाबाहेक सबै सांसद यादवको विपक्षमा छन् ।
18.12¡ÆC