चण्डी आविका विद्यार्थीलाई न्यायो कपडा वितरण

मंसिर १२, २०८२ मा प्रकाशित | 245 views


नुवाकोट । विदुर नगरपालिका–३ स्थित चण्डी आधारभुत विद्यालय विद्यार्थीलाई न्यायो कपडा वितरण गरिएको छ । नविन कोइराला फाउण्डेशन–अमेरिकाको सहजिकरणमा विद्यालयमा आयोजित एक कार्यक्रममाबीच अध्ययनरत विद्यार्थीलाई न्यायो कपडा स्वरुप ट्रयाकसुट वितरण गरिएको हो ।

उक्त विद्यालयमा बालकक्षादेखि ८ सम्म अध्ययनरत १ सय ५० जना विद्यार्थीलाई न्यायो कपडा वितरण प्रदान गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कालिका राईले जानकारी दिनुभयो ।

उहाँको अनुसार कपडा पाएसगैँ विद्यार्थीलाई विद्यालय प्रतिको आकर्षण बृद्धि गराई उनीहरुको शैक्षिक विकासमा सहयोग पुग्नेछ भने पारिवारिक आर्थिक अबस्था कमजोर भएका विद्यार्थीको लागी अहिलेको चिसो मौसम प्रत्यक्ष रुपमा राहत महशुस गरिएको छ ।

कार्यक्रममा विदुर नगरपालिका वडा नं ३ का वडा अध्यक्ष बद्री रिमाल, वागमति प्रदेश विश्वविद्यालय संरक्षक समितिका सदस्य आर.पी रिमाल, भूमी समस्या समाधान आयोग नुवाकोटका निवर्तमान सदस्य माधव रिजाल लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web