
नुवाकोट । तारकेश्वर गाँउपालिकाको अध्यक्ष अध्यक्ष शिव अधिकारी ‘अबिरल’को शैक्षिक जागरण अभियान दैनिक रुपमा बृद्धि हुदै गएको छ ।
पालिकामा शिक्षा र स्वास्थ्यको सुधार गर्दै अघि बढ्ने मुख्य लक्ष्य लिनुभएका अध्यक्ष अधिकारीले शैक्षिक क्षेत्रमा सहयोग अन्तरगत वडा नं २ मा सञ्चालित पिमलटार माध्यमिक विद्यालयलाई चार लाख ५० हजार रुपैयाँ सहयोग सहित ३० हजार रुपैयाँको प्रोत्साहन पुरस्कार प्रदान गर्नुभएको छ ।
पिमलटार माविमा आज आयोजित विशेष सांस्कृतिक कार्यक्रम सहितको ‘गाउँपालिका अध्यक्षसँग बाआमा तथा छोराछोरी’कार्यक्रममा सहभागी हुँदै गाउँपालिका अध्यक्ष अधिकारीले विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि रु १ लाख ५० हजार, विद्यार्थीहरूलाई ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक सम्पदाहरूको अवलोकन गराउन शैक्षिक भ्रमणका लागि रु १ लाख, विद्यालय भवन मर्मतको लागि रु १ लाख र कक्षा १० का विद्यार्थीलाई खाना र आवासीय सुविधा सहित अतिरिक्त कक्षा सञ्चालनका लागि रु १ लाख सहयोग घोषणा गर्नुभएको छ ।

विद्यालयमा आधुनिक खेल मैदान निर्माणका लागि गाउँपालिकाबाट रु २ लाख ५० हजार विनियोजन भइसकेको स्मरण गराउदै अध्यक्ष अधिकारीले आवश्यक भएमा रु.५० हजार थप बजेटको समेत व्यवस्था गर्ने प्रतिबद्धता जनाउनुभयो ।
सो अवसरमा उहाँले विद्यार्थीहरूको प्रोत्साहनका लागि विभिन्न विधामा उत्कृष्ट हुने ६ जना ९३ छात्र, ३ छात्रा० लाई ५र५ हजारका दरले रु। ३० हजारको ुगाउँपालिका अध्यक्ष प्रोत्साहन पुरस्कारु प्रदान गर्नुभयो ।
अध्यक्ष अधिकारीले समयानुकूलस्तरीय शिक्षाका लागि विद्यालयमा अंग्रेजी मिडियममा पढाइ सुरु गर्दै तारकेश्वरकै पहिलो अग्रेजी माध्यमबाट अध्यापन गराइने विद्यालयकाृ रूपमा विकास गर्ने योजना रहेको जानकारी दिनुभएको छ । त्यसका लागि उहाँले सबैको साथ र समन्वयको आवश्यकता रहेको बताउनुभयो ।

गत साता अध्यक्ष अधिकारीले तारुकाकै श्री कृष्ण माविमा कम्प्युटर प्रविधिबाट पढाइ हुने ‘डिजिटल लर्निङ’ कार्यक्रम सुरु गर्ने योजना सार्वजनिक गर्नुभएको थियो । विद्यालयको भौतिक आवश्यकता पूर्तिका लागि गाउँपालिकाले कुनै कमी हुन नदिने उल्लेख गर्दै उहाँले शैक्षिक गुणस्तर कायम राख्न विद्यालय व्यवस्थापन, शिक्षक र अभिभावकले मिलेर काम गर्नुपर्ने बताउनुभयो ।

विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि विद्यालय, अभिभावक र स्थानीय सरकारबिच छलफल गर्ने, समस्याहरूको पहिचान गरी सामाधान खोज्ने र निकट र सौहार्दपूर्ण आपसी सम्बन्ध स्थापना गर्ने उद्देश्यले अध्यक्ष अधिकारीको शैक्षिक जागरण अभियान अन्तर्गत गाउँपालिकाले तीन वर्षदेखि गाउँपालिका अध्यक्षसँग बाआमा तथा छोराछोरी’ कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
20.12¡ÆC