
नुवाकोट । प्याब्सन नुवाकोटले नयाँ भवन उद्घाटन कार्यक्रमसगैँ विभिन्न सम्मान, पुरस्कार प्रदान लगायतको गतिविधि सम्पन्न गरेको छ ।
प्याब्सन नुवाकोटले गत शैक्षिक सत्रमा माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई)मा जिल्लामै उत्कृष्ट सहित शतप्रतिशत नतिजा प्राप्त गर्दै नुवाकोट ग्लोरी सेकेन्डरी बोर्डिङ स्कुल प्रथम, नर्थ स्टार बोर्डिङ स्कुल द्वितीय, गणेश भ्यू बाटिका तृतीय र नेशनल बेथेल चौथो भएको थियो ।
त्यसै गरि जिल्ला भरिका विद्यालयहरु मध्ये विभिन्न विधाहरुमा भएका प्रतिस्पर्धा तथा शैक्षिक क्रियाकलापहरुको नतिजाको आधारमा छनौट हुने सर्वोत्कृष्ट विद्यालय २०८१ को विधामा माद्यामिक तह तर्फ नुवाकोट ग्लोरी सेकेन्डरी बोर्डिङ स्कुल सुर्यगढी ५ र आधारभूत ता तर्फ सामुदायिक विद्या मन्दिर देविघाट पुरस्कृत भएका छन् । यी दुबै विद्यालयहरु अघिल्लो शैक्षिकसत्रमा समेत सर्वोत्कृष्ट भएका थिए ।
उक्त कार्यक्रममा प्याब्सन नुवाकोटले मासिक रुपमा गर्दै सञ्चालन गर्दै आएको अतिरिक्त क्रियाकलाप अन्तरगत यस पटक नृत्य र गायन प्रतियोगिता समेत सञ्चालन गरेको थियो ।
उक्त प्रतियोगिताहरुमा दुबै विधामा प्रथम र द्वितीय स्थान गणेश भ्यू बाटिका र गुडविल एकेडेमीले हासिल गरेका छन भने, नृत्यमा तृतीय स्थानमा नुवाकोट ग्लोरी तथा सान्त्वनामा सुभेनियर बोर्डिङ स्कुल र त्रिशूली सामुदायिक स्कुल सफल भएका छन् ।
गायनमा तृतीय सुभेनियर बोर्डिङ स्कुल र सान्त्वनामा सेइ बोर्डिङ स्कुल रहेका छन् ।
19.12¡ÆC