नुवाकोट प्याब्सन आफ्नै भवनमा, ‘शिक्षा मन्दिर’को भव्य समारोहका साथ गरियो उद्घाटन

मंसिर १, २०८२ मा प्रकाशित | 190 views


नुवाकोट । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) नुवाकोटले अब आफ्नै भवनबाट सेवा सञ्चालनमा ल्याएको छ । विदुर नगरपालिका–४, बट्टार बसपार्क नजिकै करिब ६ आना क्षेत्रफलमा निर्मित नवीनतम भवन ‘प्याब्सन शिक्षा मन्दिर’ को भव्य उद्घाटन कार्यक्रम आइतबार सम्पन्न भएको हो।

भवनको समुद्घाटन प्याब्सन केन्द्रीय अध्यक्ष कृष्णप्रसाद अधिकारीले गर्नुभएको हो। समारोहको अध्यक्षता प्याब्सन नुवाकोट अध्यक्ष पुरुषोत्तम अधिकारीले गर्नुभएको थियो।

कार्यक्रममा प्याब्सनका केन्द्रीय सह-अध्यक्ष गोपालप्रसाद आचार्य, बागमती प्रदेश अध्यक्ष मुरारी प्रकाश सञ्जेल, विदुर–१ का वडा अध्यक्ष लेलिन रञ्जित, वडा नं ४ का अध्यक्ष निलमबाबु ढुंगेल लगायतको उपस्थिति रहेको थियो।

त्यस्तै, प्याब्सन नुवाकोटका पूर्व अध्यक्षहरू ठाकुरप्रसाद पुडासैनी, रामहरि रिमाल, विजय श्रेष्ठ, बुद्धिसागर रिजाल, प्रकाश कुइकेल र तारा बहादुर कार्की पनि सहभागी थिए।

करिब ७५ लाख रुपैयाँको लागतमा निर्माण गरिएको भवनमा प्याब्सनका सदस्य विद्यालयहरू र विभिन्न सहयाेगी संस्था तथा प्रकाशन गृहहरूले सहयोग गरेका छन्। भवन निर्माणले जिल्लामा निजी शिक्षाको संस्थागत विकासमा थप टेवा पुग्ने विश्वास लिइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web