नेपाल वायुसेवा निगमको ग्वाङ्जाओको उडान रद्द आन्तरिक कारण

अशोज २८, २०८२ मा प्रकाशित | 261 views


काठमाडौं । नेपाल वायुसेवा निगमले काठमाडौं–ग्वाङ्जाओ–काठमाडौं उडान सम्बन्धमा केही संचारमाध्यममा प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ। निगमका अनुसार १९ अक्टोबर २०२५ को काठमाडौं–ग्वाङ्जाओ उडान आन्तरिक कारणले गर्दा रद्द गरिएको हो, यात्रु संख्या कम भएका कारण होइन।

प्रवक्ता सुवास डाँगीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख भएअनुसार, उक्त उडानका सम्पूर्ण यात्रुहरूको व्यवस्थापन वैकल्पिक माध्यमबाट गरिएको छ। साथै, निगमले ग्वाङ्जाओ उडान आफ्नो नयाँ गन्तव्य भएकाले पूर्ण रूपमा प्रचारप्रसार भइनसकेको र यात्रुहरुलाई जानकारी दिन निरन्तर काम भइरहेको जनाएको छ।

विज्ञप्तिमा उल्लेख गरिएको छ “१६ अक्टोबर २०२५ को काठमाडौं–ग्वाङ्जाओ उडानमा ६८ जना यात्रु र १७ अक्टोबरको फर्किने उडानमा ४१ जना यात्रु रहेका छन्। यस्तै, २३ अक्टोबरको उडानमा ९३ र २४ अक्टोबरको उडानमा २० टिकट बिक्री भइसकेको” निगमले जानकारी दिएको छ।

निगमले नयाँ गन्तव्य प्रवर्द्धनमा संचारमाध्यम तथा सम्पूर्ण सरोकारवालाहरूको सहयोग अपेक्षा गर्दै, नकारात्मक समाचार प्रकाशनले वजार विस्तार योजनामा असर पार्ने भएकाले आधिकारिक स्रोतबाट मात्र पुष्टि गरेपछि समाचार सम्प्रेषण गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web