साफ १७ वर्षमुनिको च्याम्पियनसिपमा नेपाल बङ्गलादेशसँग पराजित

अशोज ३, २०८२ मा प्रकाशित | 289 views


काठमाडौँ । साफ १७ वर्षमुनिको च्याम्पियनसिपमा नेपाल बङ्गलादेशसँग ४–० गोलले पराजित भएको छ । श्रीलङ्काको कोलोम्बोमा हिजो बेलुका भएको खेलमा बङ्गलादेशका साबिर इस्लाम, मोहम्मद ओपु रेहमान, मोहम्मद आरिफ र मोहम्मद मानिकले गोल गरे ।

अब नेपालले बङ्गलादेश र श्रीलङ्काको खेलको नतिजाका आधारमा सेमिफाइनलको यात्रा तय गर्नेछ । नेपालको २ खेलमा ३ अंक छ । बङ्गलादेशको एक खेलबाट समान ३ अंक नै छ । एक खेल खेलेको श्रीलङ्का अहिलेसम्म अंकविहिन छ । अब बङ्गलादेशले श्रीलङ्कालाई हराएमा वा बराबरी खेलेमा नेपाल सेमिफाइनलमा पुग्न सक्छ ।

दक्षिण एशियाली फुटबल महासङ्घ (साफ) को आयोजना चलिरहेको च्याम्पियनसिपमा नेपाल, श्रीलङ्का र बङ्गलादेश समूह ‘ए’ मा तथा भारत, पाकिस्तान, माल्दिभ्स र भुटान समूह ‘बी’ मा छन् । राउन्ड रोबिन लिगपछि समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web