
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का २० जना सांसदले सामूहिक राजीनामा दिएका छन् । ‘जेन जी’ पुस्ताको शान्तिपूर्ण आन्दोलनमाथि सरकारले गरेको दमन र १९ जनाको ज्यान गएपछि घटनाको निन्दा गर्दै सामूहिक राजीनामा दिएको रास्वपाले जनाएको छ ।
रास्वपाले वर्तमान सरकारको औचित्य समाप्त भइसकेको निष्कर्षसमेत निकालेको छ । रास्वपाले विज्ञप्ति निकालेर पाँच बुँदे प्रस्ताव गरेको छ ।
20.12¡ÆC