भवानी माविमा विज्ञान शिक्षक सन्तोष सापकोटा पुनर्बहाली

भदौ ७, २०८२ मा प्रकाशित | 416 views

भवानी माविमा विज्ञान शिक्षक सन्तोष सापकोटा पुनर्बहाली

नुवाकोट । ककनी गाउँपालिका–१ स्थित कागतीगाउँमा रहेको भवानी माध्यमिक विद्यालयमा विज्ञान विषय अध्यापन गर्दै आउनुभएका शिक्षक सन्तोष सापकोटा पुनः सोही विद्यालयमा पुनर्बहाली हुनु भएको छ।

विद्यालय व्यवस्थापन समितिले भदौ ३ गते उहाँलाई पूर्वाग्रही ढंगले अध्यापन गर्न नसकेको भन्दै हटाउने निर्णय गरेको थियो। तर, हटाउने निर्णयको कुनै आधिकारिक पत्र प्रदान नगरिएको र सो निर्णय अन्यायपूर्ण भएको भन्दै विद्यार्थीहरूले हस्ताक्षरसहित विद्यालयका प्रधानाध्यापक चिनियाकाजी श्रेष्ठलाई ध्यानाकर्षण पत्र बुझाएका थिए।

शिक्षक सापकोटाको हटाइको विरोधमा नेपाल राहत शिक्षक संघ नुवाकोटले जिल्ला प्रशासन कार्यालयसहित सम्बन्धित निकायमा आपत्ति जनाउँदै ध्यानाकर्षण पत्रसमेत बुझाएको केन्द्रीय सदस्य दीपक अधिकारीले जानकारी दिनुभयो।

चौतर्फी विरोध पछि विद्यालयले भदौ ६ गते शिक्षक सापकोटालाई पुनर्बहाली गरेको जानकारी दिएको छ। उक्त निर्णय ककनी गाउँपालिका र शिक्षा विकास तथा समन्वय इकाइलाई समेत जानकारी गराइएको छ।

पुनर्बहालीपछि शिक्षक सापकोटाले आफूमाथि भएको अन्यायविरुद्ध ऐक्यबद्धता जनाउँदै पहल गर्ने सहकर्मी शिक्षक, विद्यार्थी, ककनी गाउँपालिका, नेपाल राहत शिक्षक संघ जिल्ला कार्यसमिति लगायत सबैप्रति आभार व्यक्त गर्नुभएको छ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web