भूमेदेवी आविमा ‘अध्यक्षसँग बाआमा तथा छोराछोरी कार्यक्रम’ सम्पन्न

भदौ ४, २०८२ मा प्रकाशित | 1229 views


नुवाकोट । तारकेश्वर गाउँपालिका वडा नं ५ निग्लेनीमा रहेको भूमेदेवी आधारभुत विद्यालयमा ‘गाउँपालिका अध्यक्षसँग बाआमा, छोराछोरी तथा बालबालिका कार्यक्रम’ सम्पन्न भएको छ । तारकेश्वर गाउँपालिका अध्यक्ष शिव अधिकारी ‘अविरल’को प्रमुख आतिथ्यता तथा ५ नं वडाका अध्यक्ष अशोक लामा (तामाङ)को विशेष आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

तारकेश्वर गाउँपालिकाले बिगत वर्षहरुमा झैं यस वर्ष पनि राखेको आफ्नो वार्षीक कार्यक्रम अन्तर्गत भूमेदेवी आधारभुत विद्यालयले ‘गाउँपालिका अध्यक्षसँग बाआमा, छोराछोरी तथा बालबालिका कार्यक्रम’ सम्पन्न गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि तारकेश्वर गाउँपालिका अध्यक्ष शिव अधिकारी ‘अविरल’ले आफु सधै शिक्षक मैत्री रहेको र विद्यालयमा रहेका समस्याको हर सम्भब समाधान गर्ने प्रतिबद्दता व्यक्त गर्नुभयो ।

चालु आर्थिक वर्षको बजेटबाट एक शिक्षक तथा एक विद्यालय एक ल्याइटप कार्यक्रम समावेश गरिएको जानकारी दिदै अहिलेको युग प्रबिधिको युग रहेकोले त्यसतर्फ सबै सक्षम हुनुपर्ने अध्यक्ष अधिकारीको भनाई छ ।

कार्यक्रममा उहाँले बालबालिका, अभिभाबक बाआमा लगायतसंग प्रत्यक्ष जोडिएर उहाँहरुलाई दिदै आएको सेवाको सम्बन्धमा जानकारी दिन, सेवा प्रवाहका सम्बन्धमा गुनासो, सुझाब एंव राय संकलन गर्न तथा आगामी दिनमा पालिकाले बनाउने योजना तथा कार्यक्रममा प्रत्यक्ष सहभागिता हुने अवसरको रुपमा यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको गाँउपालिका अध्यक्ष अधिकारीले जानकारी दिनुभयो ।

कार्यक्रममा विशेष अतिथि ५ नं का वडाध्यक्ष अशोक लामाले पालिका प्रमुख नै उपस्थित रहनुभएको र उहाँले विद्यालयको समस्या समाधान गर्नु हुने कुरा व्यक्त गर्नु भयो ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै विद्यालयका प्रधानाध्यापक नवराज न्यौपाने (बासु)ले विद्यालयले सिमित श्रोत साधनको बीच सुधार गर्दै आएको शैक्षिक अबस्थाको जानकारी गराउनुभएको थियो । उक्त अवसरमा प्रअ न्यौपानेले विद्यालयको भाबी योजना तथा विद्यालयमा देखिएका अभाव र समस्यालाई दर्शाउदै पालिकाबाट सहयोगको अपेक्षा गरिएको बताउनुभयो । विद्यालयले अंग्रेजी माध्यममा पठनपाठन सुरु गर्न लागेको र विद्यालयमा शिक्षक दरबन्दीको ठूलो अभाब, कक्षाकोठाको कमी लगायतका विषयमा प्रअले पालिका अध्यक्षलाई अवगत गराउनुभयो ।

उहाँले विद्यालयमा भएको कम्प्युटर अभाब तथा खेल तथा मनोरञ्जन सामाग्री समेत अभाब पालिकावाट व्यवस्थापन भएमा सहज हुने माग गर्नुभयो ।

सोही अवसरमा विद्यालयमा अध्ययनरत सम्पुर्ण बालबालिकाहरुलाई कार्यक्रमका प्रमुख अतिथि, विशेष अतिथिको हातवाट स्टेसनरी सामाग्री समेत वितरण गरिएको थियो ।

कार्यक्रमका सभापतित्व गर्नु भएका विद्यालयका विद्यालय व्यबस्थापन समितिका अध्यक्ष सन्तमान तामाङले सबैलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रमको समापन गर्नुभएको थियो । कार्यक्रममा स्थानीय बाआमा, अभिभावक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, शिक्षक, विद्यार्थी, स्थानीय शिक्षाप्रेमी लगायत सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web