“छात्रबृत्तिको नाममा सँस्थागत विद्यालय माथीको हस्तक्षेप बन्द हुनुपर्छ” : प्याब्सन

साउन २९, २०८२ मा प्रकाशित | 281 views

“छात्रबृत्तिको नाममा सँस्थागत विद्यालय माथीको हस्तक्षेप बन्द हुनुपर्छ” : प्याब्सन

नुवाकोट । निजी तथा आवासीय विद्यालय संगठन नेपाल (प्याब्सन) विदुर नगर कार्य समितिले विदुर नगरपालिकामा संयुक्त ज्ञापनपत्र बुझाउँदै निजी विद्यालयहरूको समस्या समाधानका लागि ध्यानाकर्षण गराएको छ।

प्याब्सनको केन्द्रिय कार्यक्रम अन्तरगत आज देशभरको पालिकामा ज्ञापनपत्र बुझाउने कार्यक्रम अन्तर प्याब्सन विदुर कार्यसमितिले नगरपालिकाको उपप्रमुख प्रभा बोगटीलाई ज्ञापनपत्र बुझाएको सचिव हिराजित सुनुवारले जानकारी दिनुभयो ।

उहाँको अनुसार ज्ञापन पत्रमा ‘निजी क्षेत्रको निरन्तर योगदान भएपनि सरकारी नीतिगत अवरोध, करको चाप र विद्यार्थी भर्ना प्रक्रियामा हस्तक्षेपका कारण समस्या बढिरहेको’ उल्लेख छ । बिरोधका थप कार्यक्रम अन्तरगत अब जिल्लास्तरका गतिविधि तय गरिएको छ । 

ज्ञापनपत्रमा निजी विद्यालयहरूले देशको सकल घरेलु उत्पादनमा ७ दशमलव २६ प्रतिशत योगदान पुर्‍याउँदै हजारौं दक्ष जनशक्ति उत्पादनमा सहयोग गरिरहेको उल्लेख गरिएको छ। पाब्सनले विद्यालयहरूको आत्मनिर्भरता सुनिश्चित गर्न राज्यलाई आग्रह गरिएको छ ।

प्याब्सनको माग अनुसार “तत्कालै सच्याउनुपर्ने विषयहरू” चार वटा छन्:
1. निजी विद्यालयहरूलाई क्रमशः गैह्र नाफामूलक बनाइने छ भन्ने वाक्यांश हटाउनु पर्ने।
2. पूर्ण छात्रवृत्ति भन्ने शब्द हटाउनुपर्ने।
3. हाल छात्रवृत्तिमा रहेका जम्मा विद्यार्थी संख्याको १०% छात्रवृत्ति दिने प्रावधानलाई निरन्तरता दिनुपर्ने तर नयाँ थप्न नपर्ने।
4. छात्रवृत्ति अन्तर्गत नभएको शुल्क, वार्षिक शुल्क र मासिक पढाइ शुल्क कायम हुनुपर्ने।

निजी तथा आवासीय विद्यालय संगठन नेपाल(प्याब्सन) विदुर नगर कार्य समितिले बुझाएको ज्ञापन पत्र यस प्रकार रहेको छ :

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web