चोका कविता :- श्रीराम श्रेष्ठ

साउन २८, २०८२ मा प्रकाशित | 3757 views


खुम्चेर बस्दा
हरायो मानवता
खेती बेमानी
कठोर बनेर नै
सपना च्यादै
स्वार्थ लुट्न खोजेको
एक्लो बनेर
चोरबाटो ढुक्दामा
समय टाढिएको
जिस्क्याउँछ सधैं नै
आँखा मै टास्यो
दौडेको समयले
घमण्ड जाग्दा
चोरिएको सुखद
टिक्नै मुस्किल
बिग्रिएको बानीले
तनाव खेप्दै
मन पनि खुम्चेको
पश्चातापमा
बितेका अतीतले
जलेको मन
सहयोग नमिल्दा
घोप्ट्यो अँध्यारो
एक्लो पर्दा बिचल्ली
उदासी मन
पृथ्वीको भार लाग्ने
आफ्नो जीवन
बाँचेको निरर्थक
छाति पिटेर
गल्ती भुल्ने प्रयास
आलो घाउँ कोटिदै ।

✍🏻 श्रीराम श्रेष्ठ 
विदुर–२ नुवाकोट ।
हाल : अमेरिका ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web