
नुवाकोट । २६औं अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा प्रदेश युवा परिषद् बागमतीको आयोजनामा नुवाकोटको विदुर नगरपालिका–१२ स्थित शहीद भरत ढुंगाना आधारभूत विद्यालयका ८० जना विद्यार्थीलाई झोला र शैक्षिक सामग्री वितरण गरिएको छ।
प्रदेश युवा परिषद्पका लेखा प्रमुख प्रकाश खतिवडाको अध्यक्षता र विदुर–१२ का वडाध्यक्ष उपेन्द्र खड्काको प्रमुख आतिथ्यतामा सञ्चालन भएको कार्यक्रममा विद्यार्थीहरुलाई पाठ्यपुस्तक बोक्नको लागी सजिलो बनाउन झोला र अध्ययनको लागी सहज बनाउनको लागी स्टेशनरी सामाग्रि प्रदान गरिएको हो ।
वडाध्यक्ष उपेन्द्र खड्काले राज्यको साथसँगै गैरसरकारी संस्थाहरूले शिक्षा क्षेत्रमा देखाएको चासो सराहनीय रहेको र आगामी दिनमा पनि विद्यार्थीको हितमा यस्ता कार्यक्रम आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।
लेखा प्रमुख प्रकाश खतिवडाले युवा दिवसको सन्देशसँगै स्थानिय तहमा शैक्षिक क्षेत्रमा योगदान दिन पाउँदा सन्तोष लागेको बताउनुभयो।
यस्तै, कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक विष्णु ढुंगानाले शैक्षिक सामग्री वितरणले विद्यार्थीको अध्ययनमा सहयोग पुग्ने र उनीहरूलाई थप प्रोत्साहन मिल्ने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा उक्त विद्यालय निर्माण एंव सञ्चालनका अभियन्ता/नेपाल कम्युनिष्ट पाटीका नेता नबराज ढुङ्गाना (बिज्ञान), अखिल क्रान्तिकारीका नेता बिनोद कोइराला, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, स्थानीय युवा, अभिभभावक, शिक्षाप्रेमी सहित सरोकारवालाहरुको सहभागिता रहेको थियो ।
विद्यार्थीलाई झोला र शैक्षिक सामग्री वितरण कार्यक्रमलाई शिक्षा, सशक्तीकरण र समावेशीतालाई प्राथमिकता दिँदै युवा दिवसको अवसरमा गरिएको यो कार्यक्रम ‘दिगो विकासमा युवाको भूमिकालाई उजागर गर्ने प्रयास’को रुपमा लिइएको छ ।
‘दिगो विकास र सुनौलो भविष्यको सारस: स्थानिय युवाको सहभागीता, समृद्धिको आधार’ मूल नारासहित २६औं अन्तर्राष्ट्रिय युवा दिवस विभिन्न कार्यक्रम गरेर देशभर मनाइएको छ ।
22.12¡ÆC