काठमाडौं,साउन २३ । एएफसी कपको तयारीमा रहेको राष्ट्रिय लिग बिजेता रुस्लान थ्रीस्टार क्लबलाई विभागीय टोली त्रिभुवन आर्मीसँग बराबरीमा रोकेको छ । मंगोलियामा हुने एएफसी कपको प्लेअफको तयारीमा रहेको थ्री स्टारलाई आइतबार भएको मैत्रीपूर्ण खेलमा आर्मीले १–१ को बराबरी रोकेको हो ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा अफ्रिकन खेलाडी मार्टिन्स कायोडे अजायीको गोलबाट चौथो मिनेटमै थ्री स्टारले अग्रता लिएको थियो । तर, खेलको अतिरिक्त समयमा आर्मीका नवयुग श्रेष्ठले एक गोल फर्काउदै टोलीलाई हारबाट जोगाए । यसअघि गत शुक्रबार भएको मैत्रीपूर्ण खेलमा थ्री स्टारले एपीएफलाई पराजित गरेको थियो ।

यही अगष्ट २१ बाट मंगोलियामा हुने एएफसी कपको प्लेअफ छनोटको तयारी गर्न थ्री स्टारले एपीएफसँग मैत्रीपूर्ण खेल खेलको हो । नेपालको राष्ट्रिय लिग विजेता भएपछि थ्री स्टारले एएफसी कपको प्लेअफ छनोटमा नेपालको प्रतिनिधित्व गर्न लागेको हो ।

20.12¡ÆC