स्कटल्यान्डसँगको खेलमा नेपाल टस हारेर बलिङ गर्दै

जेष्ठ २५, २०८२ मा प्रकाशित | 238 views


काठमाडौ । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत घरेलु टाेली स्कटल्यान्डसँगकाे खेलमा नेपालले टस हारेकाे छ । स्कटल्यान्डकाे फोर्थहिल क्रिकेट मैदानमा स्कटल्यान्डका कप्तान रिची बेरिङ्टनले टस जितेर ब्याटिङ राेजेका छन् ।

लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा घरेलु टाेली स्कटल्यान्ड, नेपाल र नेदरल्यान्ड्स सहभागी छन् । नेपालले पहिलाे खेलमा स्कटल्यान्डलाई १ विकेटले हराएकाे थियाे । यस्तै दाेस्राे खेलमा नेदरल्यान्ड्सलाई ५ विकेटले हराएकाे थियाे । लिग–२ काे चाैथाे तथा अन्तिम खेलमा नेपालले पर्सि फेरि नेदरल्यान्ड्ससँग खेल्ने तालिका छ ।

लिग–२ काे तालिकामा नेपाल १४ खेलमा १० अङ्कसहित साताैं स्थानमा छ । यस्तै नेदरल्यान्ड्स दाेस्राे र स्कटल्यान्ड चाैथाे स्थानमा छ । लिग–२ काे तालिकामा अमेरिका शीर्ष स्थानमा छ ।

लिग–२ को शीर्ष ४ मा रहने टोली विश्वकपको ग्लोबल छनोटमा सीधै पुग्नेछन् । यस्तै पुछारमा रहने ४ टोलीले भने विश्वकप छनोट प्लेअफ खेल्नुपर्ने हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web