नमूना जनजागृतका विद्यार्थीलाई राष्ट्रिय पोषाक वितरण 

जेष्ठ १३, २०८२ मा प्रकाशित | 222 views

नमूना जनजागृतका विद्यार्थीलाई राष्ट्रिय पोषाक वितरण 

नुवाकोट । तारकेश्वर गाँउपालिका–३ मा अवस्थित नमूना जनजागृत आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई राष्ट्रिय पोषाक वितरण गरिएको छ । नुवाकोट, रसुवा सहित यस आसपासका जिल्लामा शिक्षा र स्वास्थ्य क्षेत्रमा योगदान पुराउदै आएको यशोदादेवी भगवानसिंह केसी मेमोरियल ट्रष्टले तारकेश्वर–३ स्थित बदेँलीमा रहेको नमूना जनजागृत आबिका विद्यार्थीलाई राष्ट्रिय पोषाक उपलब्ध गराएको हो ।

तारकेश्वर गाँउपालिकाले सातामा एकदिन राष्ट्रिय पोषाक कक्षा सञ्चालनमा ल्याएसगैँ उत्साहित भएका विद्यार्थीलाई सहजताको लागी र गाँउपालिकको अभियान सफल बनाउने उद्देष्यले ट्रष्टले पोषाक उपलब्ध गराएको जनाएको छ ।

विद्यार्थीलाई पोषाक उपलब्ध गराउन ट्रष्टका अध्यक्ष डा.केदारनरसिंह केसी आफै उपस्थित हुनुभएको थियो । विद्यार्थीलाई पोषाक हस्तान्तरण गर्दै उहाँले शिक्षा र स्वास्थ्य मानिसको सबैभन्दा ठूलो ‘धन र शक्ति’ भएकाले अध्ययनमा केन्द्रित हुन विद्यार्थीलाई अनुरोध गर्नुभयो ।

शिक्षा र स्वास्थ्य क्षेत्रको विकासको लागी तथा यसमा गुणस्तर सहित सुधारको लागी ट्रष्ट मार्फत गरिएको गतिविधिको जानकारी दिदै तारकेश्वर गाँउपालिकाबासीको लागी आवश्यक सहयोग थप निरन्तर उपलब्ध गराउने उहाँले प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा पोषाक लैजान समन्वय गर्ने नेपाली काँग्रेस तारकेश्वर गाउँ कार्यसमितिका सभापति एंव समाजसेवी केशव अर्याल, वडा नं ३ का अध्यक्ष सूर्यमान श्रेष्ठ लगायत व्यवस्थापन समितिका पदाधिकारी, अभिभावक एंव स्थानीय सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web