गच्छदार र थापालाई मन्त्री नबनाउन मोर्चाको दबाब

साउन १९, २०७३ मा प्रकाशित | 760 views

काठमाडौं,साउन १९ । मधेसी मोर्चाका नेताले सरकारमा राप्रपा नेपाल र लोकतान्त्रिक फोरमलाइ नल्याउन अनौपचारिक रुपमा दबाब दिएका छन् । उनीहरुले कमल थापा र विजय कुमार गच्छादारलाई मन्त्री बनाए सरकारमा सहभागी नहुने सर्त समेत राखेको स्रातको भनाइ रहेको आजको राजधानी दैनिकमा समाचार छ । तर, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले मंगलबार राप्रपा नेपालका अध्यक्ष कमल थापालाई टेलिफोन गरी सरकारमा आउन आग्रह गरेका थिए ।

उनले थापालाई वर्तमान सरकारमा सम्हालेको जिम्मेवारीकै हैसियत दिन तयार रहेको बताएका थिए । राप्रपा नेपालले सरकारमा जाने की नजाने भनेर निर्णय गरेको छैन । गच्छदारको पार्टीले भने सरकारमा जाने निर्णय गरिसकेको छ । मधेसी मोर्चाका नेताले प्रचण्डलाई सरकारमा ल्याए आफूहरु सरकारमा नजाने बताएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web