प्रधानमन्त्री कप भलिबलमा आज पनि ६ खेल हुँदै

जेष्ठ ९, २०८२ मा प्रकाशित
Published at जेष्ठ ९, २०८२

59 views

काठमाडौँ । नवौं प्रधानमन्त्री कप एनभीए भलिबल लिगको दोस्रो दिन आज पनि ६ वटा खेल हुँदै छन् ।

पोखराको कभर्ड हलमा हुने पहिलो खेलमा महिलातर्फ न्यु डायमण्ड र कर्णाली प्रदेश खेल्दैछन् ।

यस्तै आजै हुने दोस्रो खेलमा नेपाल पुलिस क्लब र एभरेस्ट भलिबल क्लव खेल्दैछन् । यसैगरी आज हुने पुरुष तर्फको खेलमा हेल्प नेपाल र सुदूरपश्चिम प्रदेश तथा नेपाल पुलिस क्लब र कोशी प्रदेश खेल्दै छन ।

त्यस्तै गण्डकी प्रदेश र त्रिभुवन आर्मी क्लब तथा मणिमुकुन्द भलिबल क्लब र नेपाल एपीएफ क्लब खेल्दैछन् ।

यसअघि हिजो भएको खेलमा पुरुषतर्फ पुलिस क्लब र हेल्प नेपाल तथा गण्डकी र एपीएफले विजयी शुरुवात गरेका थिए । महिलातर्फ एभरेस्ट भलिबल क्लब र एपीएफले जितेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Maintained by Yantrashala IT Pvt. LTD.