तार्केश्वर-४ दर्शनटारमा अत्याधुनिक सुविधा सम्पन्न विद्यालय भवन बन्ने

जेष्ठ ६, २०८२ मा प्रकाशित | 587 views

तार्केश्वर-४ दर्शनटारमा अत्याधुनिक सुविधा सम्पन्न विद्यालय भवन बन्ने

नुवाकोट । तारकेश्वर गाउँपालिका वडा नं ४ स्दथित र्शनटारमा अत्याधुनिक सुविधासम्पन्नविद्यालय भवन निर्माण हुने भएको छ । पालिकाको सहकार्य र अनुमतिमा ईन्टरनेशनल स्काउटभोलेनट्स ग्रुप नेपालले भवन निर्माण गर्न लागेको हो ।

तारकेश्वर गाउँपालिका अध्यक्ष शिव अधिकारी ( अविरल), ईन्टरनेशनल स्काउट भोलेनट्स ग्रुपनेपालका प्रतिनिधि अजित खड्का र चिनिया नागरिक hunag wengi बिच छलफल पश्चात्तत्काल भवन निर्माणको काम थाल्ने समझदारी भएको हो ।

बिसं २०७२ को भुकम्पपछि विस्थापित भैसकेको उक्त विद्यालयको भवन निर्माण पनि यसअघिअध्यक्ष अधिकारीकै पहलमा सुचारु भएको थियो ।

नयाँ बन्ने भवनमा ५ वटा कक्षाकाेठा,  ३ प्रशासनिक कोठा,  एक क्यान्टिन, बाथरूम, शौचालयर  १५ जना छात्राछात्र बस्ने  होस्टल (छात्रवास) हुने अध्यक्ष शिव अधिकारी (अविरल)ले जानकारी दिनुभयो । उहाँको अनुसार यसलाई पालिका भित्रकै नमुना विद्यालय बनाउने लक्ष्य लिइएको छ ।

सुविधा सम्पन्न भवन निर्माण गरि विद्यालय संचालन गर्नुपर्ने स्थानीयको माग र  यसअघि आफुलेगरेको प्रतिबद्धता अनुसार छिट्टै भवन निर्माण हुने अध्यक्ष अधिकारीले विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web