त्रिशूली अस्पतालमा बिहान ८ बजेदेखि नै बिरामी जाँच गर्न पाइने

जेष्ठ ३, २०८२ मा प्रकाशित | 1215 views


नुवाकोट । त्रिशूली अस्पताल नुवाकोटमा बिहान ८ बजेदेखि नै बिरामीले जाँच एंव परीक्षण गर्न पाउने भएका छन् । यसअघि बिहान १० बजेदेखि बिरामी जाँच (बहिरंग सेवा–जनरल ओपिडी) हुदैँ आएकोमा जेठ ४ गते आइतबारदेखि बिहान ८ बजेदेखि नै सेवा दिन लागिएको अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष उपेन्द्र बुढाथोकीले जानकारी दिनुभयो ।

उहाँको अनुसार बिरामीको बढ्दो चापलाई मध्येनजर गर्दै अस्पतालले प्रवाह गर्ने सेवालाई थप विस्तार सहित गुणस्तर बनाउन जनरल ओपिडी सेवा बिहान दुई घण्टा अघि अर्थात ८ बजेदेखि नै सञ्चालन गर्न लागिएको हो ।

अस्पतालबाट जारी गरिएको सूचना : 

बिहान १० बजेदेखि सञ्चालन हुदै आएको अस्पतालको जनरल ओपिडी सेवा बिहान ८ बजेदेखि नै सुरु हुदाँ बिरामी जाँच गर्ने अवधि दैनिक थप २ घण्टा बढी हुने भएकाले बिरामीलाई सेवा लिन सहज र अस्पतालले प्रवाह गर्ने सेवा थप गुणस्तरिय बनाउन सकिने लक्ष्य लिएको अस्पतालका निर्देशक डा.राजेन्द्र लामाले जानकारी दिनुभयो ।

उहाँको अनुसार अहिले अस्पतालले विस्तारित अस्पताल सेवा अन्तरगत अतिरिक्त शुल्क लिएर बिहान र अपरान्हको समयमा सेवा दिदै आएकोमा जनरल ओपिडीको सेवालाई बिहान २ घण्टा अगावै ८ बजेदेखि नै सुरु सञ्चालनमा ल्याउन लागेको हो । यसअघि बिहान १०देखि अपरान्ह १२ बजेसम्म लक्षित गरेर उपलब्ध गराउदै आएको बिरामी जाँचको टिक अब बिहान ८ बजे सुरु भएर अपारन्ह १२ बजेसम्म नै उपलब्ध हुने अस्पतालका निर्देशक डा. राजेन्द्र लामाले जानकारी दिनुभयो ।

नयाँ समय: अब बिहान ८:००–अपरान्ह १२:०० सम्म जनरल ओपिडी सेवा उपलब्ध हुने।

उद्देश्य: बिरामीको बढ्दो संख्या र चापलाई ध्यानमा राखी सेवा प्रवाह र गुणस्तर सुधार्ने।

सुविधा: 

  • कार्यालय जाने तथा अन्य काम विशेषले दिनको समयमा नभ्याउने बिरामीहरूका लागि सहजता ।

  • टिकट अब ८ बजेदेखि उपलब्ध हुने (पहिले १० बजेदेखि)।

  • भविष्यमा अनलाइन टिकट प्रणाली सुरु गर्ने योजना।

शुक्रबार बसेको अस्पताल प्रशासनको बैठकले गरेको निर्णयबाट विशेष गरेर स्वास्थ्य परीक्षण गराई कार्यालयमा जानुपर्ने बाध्यतमा रहेका बिरामी तथा बिरामी जचाउन आउने व्यक्तिलाई निकै सजिलो हुने भएको छ । यसबाट अस्पतालमा सेवाग्राहीको सङ्ख्या अझै थप बृद्धि हुने अपेक्षा सहित सोही अनुसार चिकित्सकको व्यवस्थापन मिलाइएको छ ।

अस्पतालको सेवालाई गुणस्तरीय, बिरामीको जाँच एंव परीक्षण सेवा सहज र सेवा प्रवाहको लागी विस्तार लगायतका कार्यमा विद्यमान अस्पताल व्यवस्थापन तथा सञ्चालन समिति र अस्पताल प्रशासनको सयुक्त प्रयासमा धेरै सुधार देखिएको छ ।

अस्पतालको अध्यक्षमा उपेन्द्र बुढाथोकी र अस्पताल प्रशासनमा निर्देशकको रुपमा डा.राजेन्द्र लामाको कुशल नेतृत्वले अस्पताल प्रतिको विश्वास बृद्धि गर्दै शल्यक्रिया सेवा, बिरामी जाँचको लागी सहता, बीमाको औषधि प्राप्ती र बीमा सिफारिस, रक्त परीक्षण पश्चात रिपोर्ट लिनको लागी क्युआर प्रविधिको प्रयोग लगायत आन्तरिक सुधारका धेरै काम सगसगैँ बिरामी जाचको अबधिलाई थप बृद्धि गर्दै जनरल ओपिडी बिहान ८ बजेदेखि सुरु गर्न लागिएको थप नविनतम कार्यको रुपमा लिइएको छ ।

अध्यक्ष उपेन्द्र बुढाथोकीको अनुसार अबको केही दिनमा नै अस्पतालको टिकट अनलाइन बाट नै लिन सकिने प्रबन्ध मिलाउन लागिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web