मुक्तिनाथ विकास बैंकबाट कुन्डला आधारभूत बिद्यालयका विद्यार्थीलाई सहयोग

जेष्ठ ३, २०८२ मा प्रकाशित | 516 views

मुक्तिनाथ विकास बैंकबाट कुन्डला आधारभूत बिद्यालयका विद्यार्थीलाई सहयोग

नुवाकोट । मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सूर्यगढी गाँउपालिका–४ दाम्रेमा अवस्थित कुन्डला आधारभूत बिद्यालयका विद्यार्थीलाई झोला र शैक्षिक सामाग्रि उपलब्ध गराएको छ । मुक्तिनाथ विकास बैंकको ब्राण्डिङ प्रमुख नम्रता गौतमको प्रमुख आतित्थ्यता र बट्टार शाखा प्रमुख माधव अधिकारीको विशेष आतिथ्यतामा शुक्रबार विद्यालयका विद्यार्थीलाई छात्रबृत्ति एंव सहयोग स्वरुप बैंकले स्टेशनरी सामाग्रिहरु र पुस्तक बोक्ने झोला प्रदान गरेको हो ।

विद्यालयमा अध्ययनरत १०६ जना विद्यार्थीलाई विद्यालयबाट माग भए अनुसार बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगतको सहयोग उपलब्ध गराएको मुक्तिनाथ विकास बैंक बट्टार शाखा प्रमुख अधिकारीले जानकारी दिनुभयो । विगतमा पनि बैंकले विभिन्न सहयोगका कार्यक्रम सञ्चालन गरेको स्मरण गराउदै ग्रामीण क्षेत्रको विकासको लागी शिक्षा लगायतका क्षेत्रमा बैंकको सहयोग निरन्तर रहने उहाँको भनाई छ ।

राष्ट्रियस्तरको विकास बैंकको रुपमा देशभर सेवा पुराउदै आएको मुक्तिनाथ विकास बैंकले गरेको सहयोग प्रति विद्यालयले आफ्ना विद्यार्थीको लागी अति आवश्यक रहेको सामाग्रि उपलब्ध गराई सहयोग गरेको प्रति उच्च प्रशंसा गरेको थियो । कार्यक्रममा विद्यालयका शिक्षक, उक्त कार्यको लागी समन्वय गर्नुहुने उक्त विद्यालयका पूर्व विद्यार्थी हरिकृष्ण भट्टराई सहित स्थानीय सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web