आइपिएल एक हप्ताका लागि स्थगित

बैशाख २६, २०८२ 2025-05-09 मा प्रकाशित
Published at 2025-05-09

64 views

काठमाडौँ । क्रिकेटको सबैभन्दा धनी प्रतियोगिता भारतीय प्रिमियर लिग (आइपिएल) शुक्रबार नयाँदिल्ली र पाकिस्तानबीचको द्वन्द्वका कारण एक हप्ताका लागि स्थगित गरिएको छ ।

“प्रतियोगिताको नयाँ तालिका र स्थानहरू बारे थप अपडेटहरू उचित समयमा घोषणा गरिनेछ”, भारतीय क्रिकेट बोर्ड (बिसिसिआई)का मानार्थ सचिव देवजित सैकियाले एक वक्तव्यमा भन्नुभयो, “क्रिकेट राष्ट्रिय उत्साह भए तापनि, हाम्रो देशको सार्वभौमसत्ता, अखण्डता र सुरक्षाभन्दा महत्त्वपूर्ण अरू केही छैन ।”

अधिकारीहरूले बिहीबार धर्मशालामा एउटा खेल रद्द भएपछि टी–२० प्रतियोगिता रोकेका थिए । धर्मशाला उत्तरी सहर जम्मूबाट दुई सय किलोमिटर (१२५ माइल) भन्दा कम दूरीमा छ । जम्मूमा केही घण्टा अघि विस्फोटहरू भएको खबर आएको थियो ।

शुक्रबार आणविक–सशस्त्र यी दुई छिमेकी बीचको लडाइँको तेस्रो दिनमा भारतले रातभरि पाकिस्तानी ड्रोन र तोपखाना आक्रमणलाई परास्त पारेको बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Maintained by Yantrashala IT Pvt. LTD.