शेयर बजार १२ अङ्कले घट्यो

बैशाख २५, २०८२ 2025-05-08 मा प्रकाशित
Published at 2025-05-08

58 views

काठमाडौँ । हिजो ६२ अङ्कले बढेको शेयर बजार आज भने घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १२ दशमलव ०४ अङ्कले घटेर २ हजार ६ सय ६१ दशमलव ६४ विन्दुमा झरेको छ ।

आज फाइनान्स, जलविद्युत्, जीवन बीमा, उत्पादन र म्युचल फन्ड बाहेक सबै समूहको शेयर घटेकोमा व्यापार समूहको शेयर २ प्रतिशत र अन्य समूहको शेयर १ दशमलव ८१ प्रतिशतले ओरालो लागेको छ ।

आज सिन्धु विकास बैंकको शेयर सबैभन्दा धेरै ४ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन नेपाल माइक्रो इन्सुरेन्स, क्रेस्ट माइक्रो लाइफ इन्सुरेन्स, छ्याङ्दी हाइड्रोपावर, ओम मेगाश्री फर्मास्युटिकल्स कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।

आज नेप्से घटे पनि कारोबार रकम भने बढेको छ । हिजो १० अर्ब ५१ करोडको कारोबार भएकोमा आज ३ सय १५ वटा कम्पनीका ३ करोड ७ लाख कित्ता शेयर ११ अर्ब ६५ रुपैयाँमा किनबेच भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Maintained by Yantrashala IT Pvt. LTD.