‘यू–१६ नुवाकोट टिम’ छनोटको लागी बन्यो चार टिम (खेलाडीको नाम सहित)

बैशाख २४, २०८२ मा प्रकाशित | 267 views


त्रिशूली । नुवाकोट क्रिकेट संघले ‘यू–१६ नुवाकोट टिम’ तयार गर्नको लागी चार टिम तयार गरेको छ । प्रत्येक टिममा १२ जना खेलाडी सम्मिलित रहेको चार टिमबीच प्रतिस्पर्धा गराई ‘यू–१६ नुवाकोट टिम’ तयार गर्न लागिएको नुवाकोट क्रिकेट संघका सचिव करण खतिवडाले जानकारी दिनुभयो ।

उहाँको अनुसार आवेदन दिएका खेलाडीहरु मध्येबाट बुधबार बट्टार स्थित खेल मैदानमा आयोजित छनोट चरणमा योग्यता पूरा भएका मध्ये ४८ जना खेलाडी छनोट गरेर जिल्ला टिम तयार गर्न चार टिम तयार गरिएको छ । उक्त टिमलाई रातो, निलो, हरियो र पहेलो नाम दिइएको छ ।

चार टिमले बिहीबारदेखि शनिबारसम्म एक अर्का टिमबीच प्रतिस्पर्धा गर्नेछन् । उक्त प्रतिस्पर्धामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी सम्मिलित रहेको एक टिम अर्थात ‘यू-१६ नुवाकोट टिम’ तयार गर्न लागिएको हो ।

नुवाकोट टिमले बागमती प्रदेसस्तरीय प्रतिस्पर्धामा सहभागिता जनाउने छ । प्रदेसस्तरीय प्रतिस्पर्धामा उत्कृष्ट प्रदर्शन गर्ने टिमले प्रदेस टिममा सहभागिता जनाउन पाउने भएकाले क्रिकेट खेलबाट भविष्य खोज्ने खेलाडीको लागी यो सुनौलो अवसर रहेको नेपाल क्रिकेट संघका केन्द्रीय सदस्य तथा नुवाकोट अध्यक्ष दुर्गाराज पाठकले जानकारी दिनुभयो ।

बागमती प्रदेसमा नुवाकोट टिमको प्रदर्शन विगतका वर्षमा उत्कृष्ट रहदै आएकाले तयार गर्न लागिएको ‘यू–१६ नुवाकोट टिम’ पनि उत्कृष्ट बन्ने र सोही अनुसारको प्रदर्शनको आशा लिइएको उहाँको भनाई छ ।

‘यू–१९ नुवाकोट टिम’ बागमती प्रदेसमा पछिल्लो दुई वर्षमा उत्कृष्ट रहदै आएकाले ‘यू–१६ नुवाकोट टिम’को प्रदर्शनलाई क्रिकेट संघ नुवाकोटले उत्कृष्ट बनाउन खेलाडी छनोट, टिम तयार, टिमको अभ्यास, प्रदर्शनीलाई निकै प्राथमिकताको साथ लिएको जनाएको छ ।

‘यू–१६ नुवाकोट टिम’ तयार गर्न नुवाकोट क्रिकेट संघले तयार गरेको चार टिम र उक्त टिममा समावेश भएका खेलाडीको विवरण निम्न अनुसार रहेको छ :

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web