आईपीएल क्रिकेटमा पन्जाबले चेन्नईलाई ४ विकेटले हरायो

बैशाख १८, २०८२ मा प्रकाशित | 200 views


काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पन्जाब किङ्ग्सले चेन्नई सुपर किङ्ग्सलाई ४ विकेटले हराएको छ ।

चेन्नईको १०औं खेलमा यो आठौं हार हो । चेन्नईले दिएको एक सय ९१ रनको लक्ष्य पन्जाबले १९ ओभर ४ बलमा ६ विकेट गुमाएर पूरा गर्‍यो ।

पन्जाबको जीतमा कप्तान श्रेयस अय्यर र ओपनर प्रभसिमरन सिंहले अर्धशतक बनाए । श्रेयसले सर्वाधिक ७२ रन बनाए । त्यसअघि चेन्नई १९ ओभर २ बलमा एक सय ९० रनमा अलआउट भएको थियो ।

पन्जाब १० खेलमा १३ अङ्कसहित तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । चेन्नई ४ अङ्कका साथ तालिकाको पुछारमा यथावत् छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web