आईपीएल क्रिकेटमा कोलकाताले दिल्लीलाई १४ रनले हरायो

बैशाख १७, २०८२ मा प्रकाशित | 216 views


काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई १४ रनले हराएको छ ।

हिजो भएको खेलमा कोलकाताले दिएको दुई सय ५ रनको लक्ष्य पछ्याएको दिल्लीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर एक सय ९० रन बनायो ।

दिल्लीका फाफ डु प्लेसिसले सर्वाधिक ६२ रन बनाए । त्यसअघि अरुण जेटली स्टेडियममा कोलकाताले ९ विकेट गुमाएर दुई सय ४ रन बनाएको थियो ।

कोलकाताको यो दशौं खेलमा चौथो जीत हो । कोलकाताले ९ अङ्क बनाएको छ । कोलकाता तालिकाको सातौं स्थानमा कायमै रहेको छ । दिल्लीको १० खेलमा चौथो हार हो । दिल्ली १२ अङ्कसहित तालिकाको चौथो स्थानमा छ ।

आईपीएल क्रिकेटमा आज चेन्नई सुपर किङ्ग्स र पन्जाब किङ्ग्स खेल्दैछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web