
नुवाकोट । नेपाल चिकित्सक सङ्घको आह्वानमा आज नुवाकोटको त्रिशूली अस्पताल सहित देशघरका सरकारी तथा निजी अस्पतालको अन्त्यावश्यक बाहेकको सेवा बन्द गरिएको छ । सेवा बन्द गरेका चिकित्सकहरुले मागको सम्बोधनको लागी प्रशासन कार्यालय मार्फत नेपाल सरकारलाई ज्ञापन पत्र बुझाएका छन् ।
निजी तथा सरकारी अस्पताल, मेडिकल कलेज, क्लिनिकको आकस्मिक बाहेकका सेवा ठप्प बनाउने केन्द्रीय कार्यक्रम अन्तरगत सेवा बन्द गरेर नुवाकोटमा पनि प्रशासन कार्यालय मार्फत ज्ञापन पत्र बुझाइएको डा. सन्देशराज उपाध्यायले जानकारी दिनुभयो । उहाँको नेतृत्वमा त्रिशूली अस्पतालका ३१ जना चिकित्सकको हस्ताक्षर सहितको ज्ञापनपत्र बुझाइएको छ ।

आवासीय चिकित्सकहरूले लामो समयदेखि निर्वाह भत्ता नपाएको सहितको माग राखेर आन्दोलनमा उत्रिएका छन् । उनीहरुले यसअघि नै आफ्ना माग सम्बोधनको लागी गरेको आग्रह सरकारले ध्यान नदिएपछि सेवा नै बन्द गर्न बाध्य भएको बताएका छन् । पोस्ट ग्रेजुएट (पीजी) तहका आवासीय चिकित्सहरूले केही दिनयता प्रदर्शन गरिरहेका छन् ।

चिकित्सकहरुले आफूहरुको श्रम शोषण भएको, काम अनुसारको सुविधा नपाएको, धेरै काम–कम तलब रहेको, चिकित्सा शिक्षा आयोगले तय गरेको आठौँ तहको भत्ता समेत नपाएको गुनासो सहितको बिरोध प्रदर्शन गर्दै आइरहेका छन् ।

चिकित्सकले उठाएको माग र बुझाएको ज्ञापनपत्र :


21.12¡ÆC